सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै कांग्रेस « Khabarhub

सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै कांग्रेस


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार अधिनायकवादी बन्दै गएको भन्दै सोमबार देशभर विरोधका कार्यक्रम गर्दैछ । सरकार निरंकुशतातर्फ अघि बढेकोले सच्याउन कांगेसले आन्दोलनका कार्यक्रम तय गरेको हो ।

देशभरका ७७ वटै जिल्लामा सरकारका विरुद्ध प्रदर्शन गर्न लागेको कांग्रेसले जानकारी दिएको छ । विरोध प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा भई कार्यक्रम सुरु हुन लागेको बताइएको छ।

डा. गोविन्द केसीसँगको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गरेको, निर्मला पन्तका हत्यारा पक्राउ गर्न नसकेको र प्रतिपक्षलाई वास्ता नगरेको जस्ता आरोप लगाउँदै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसले सदनमा सत्तापक्षले प्रतिपक्षसँग देखाएको व्यवहारको बदला सडकबाट लिने चेतावनी दिएको छ ।

तर यता सत्तारुढ दलका नेताहरुले भने यतिबेला आन्दोलन तथा प्रदर्शन गरेर सरकारको कामलाई प्रभावित पार्न नहुने प्रतिक्रिया दिएका छन्। पाँच वर्ष सत्तामा रहने जनादेश पाएको सरकारलाई काम गर्न नदिने वातावरण सृजना गर्न नहुने उनीहरुले तर्क गर्दै आएका छन्।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १ : २१ बजे

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन

मुपात्र अर्थात् कहीँ नभएको भक्तपुरको जात्रा

ख्वप (भक्तपुर)- नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा

कान्ति लोकपथपको पहिरो हटाइयो

काठमाडौं– लगातारको वर्षासँगै कान्ति लोकपथमा आएको पहिरो हटाइएको छ। पूर्वाधार

इन्द्रजात्रा : राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू छाता ओढेर पुगे वसन्तपुर

काठमाडौं– काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा