गरिखानेको काइदा, ३ लाख लगानी गरेर दिनको २ हजार कमाउँदै युवा « Khabarhub

गरिखानेको काइदा, ३ लाख लगानी गरेर दिनको २ हजार कमाउँदै युवा


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बनेपा– सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका–१ घर भएकी सुनिता सिन्चीउरी अटो रिक्सा चलाएर दैनिक एक हजारदेखि एक हजार ५०० सम्म कमाउने  गर्छिन् ।

उनले काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो आपसपासमा अटो रिक्सा चलाएर त्यसरी पैसा कमाउने गरेकाे डेढ हप्ता भयो ।  यसअघि उनी ललितपुरमा सफा ट्याम्पो चलाएर जीविकोपार्जन गर्दै आएकी थिइन् । अटो रिक्साबाट अलि बढी कमाइ हुने भएपछि ट्याम्पो चलाउन छोडेर बनेपामा अटो रिक्सा चलाउन थालेकाे उनकाे भनाइ छ ।

उनले ललितपुर–काठमाडौँ घुम्ती सेवामा तीन वर्षसम्म सफा ट्याम्पो चलाएकी थिइन् । त्यो पेशाभन्दा अलि राम्रो भएपछि आफैँले रु तीन लाख लगानी गरेर अटो रिक्सा किनेर बनेपा धुलिखेल, पनौती र नाला लगायतका स्थानसम्म सेवा दिँदै आएकी छन् ।

अहिले उनले काठमाडौँमा भन्दा बनेपामा अटो रिक्सा चलाएर बढी आम्दानी गरेकी छन् । सोही पेशाबाट छोरीलाई बोर्डिङ स्कुलमा पढाउँदै आएकी उनले अहिले राम्रै आम्दानी भइरहेको सुनाइन् ।

“छोरीलाई ललितपुरको टिकीदेवलस्थित होस्टलमा राखेर पढाइरहेकी छु, शुल्क तिरेर खर्च कटाएर ठीकै बचत हुन्छ”, सिन्चीउरीले भनिन्, “पहिला उतै बसेर काम गरेकाले छोरी कक्षा दुईमा उतै पढ्दै छिन्, उतै राखेकाले प्रत्येक शनिबार भेट्न जान्छु, अरु बेला यतै यही पेशा गरिरहेकी छु ।”

“ट्याम्पो चलाएर मासिक रु २५ हजारदेखि ३० हजारसम्म कमाइ हुन्थ्यो, अहिले बनेपामा आएर नयाँ पेशा शुरु गरेकी हूँँ”, उनले भनिन्, “त्यसअघि सामान्य किसिमको व्यापार, इँट्टाभट्टामा समेत काम गरेँ, पछि भएन भनेर गाडी चलाउन सिकेर अनि यो पेशा शुरु गरेकी हूँ ।”

एक पटक त विदेश(दुबई) जान भनेर राहदानीसमेत बनाएर एक वर्षसम्म प्रयास पनि गरिन् उनले । तर भिसा लागेन ।

काभ्रेपलाञ्चोकको पनौती मल्पी घर भएका अर्का अटो रिक्सा व्यवसायी सुदीप थापाले सो पेशाबाट राम्रो आम्दानी भएको बताए । “दिनको रु एक हजार ५०० देखि दुई हजारसम्म कमाउँछु”, थापाले भने, “राम्रोसँग खट्नेले दिनको दुई तीन हजारसम्म पनि कमाइरहेका छन्, म त आफ्नै गाडी भएकाले बिहान पनि अलि ढिला आउँछु, बेलुका पनि छिट्टै घर जान्छु, यसरी काम गर्दा पनि मासिक रु चालिस हजारदेखि पचास हजारसम्म कमाइ हुन्छ ।” घर खर्च गरेर १५ देखि ३० हजारसम्म बचत हुने उनको भनाइ छ ।

स्वरोजगारका लागि मेहनत गर्छु भन्नेका लागि अटो रिक्सा राम्रो व्यवसाय भएको उनको भनाइ छ । “विदेश नगई स्वदेशमा नै पाखुरा खियाएर खान्छु भन्नेका लागि यो पेशा एकदमै राम्रो छ, आम्दानी पनि हुन्छ, आफ्नै घर परिवारसँग बसेर घर चलाएर बचत पनि गर्न सकिन्छ ।” उनले भने ।

काभ्रेपलाञ्चोकको बनेपा विगतदेखिको व्यापारिक केन्द्र पनि भएको र अरनिको र बिपी राजमार्ग पनि जोडिएकाले मानिसको सबै कुराको केन्द्रीत भएपछि पछिल्लो समयमा साना खालका सवारी साधनको व्यवसाय फस्टाउँदै गएको छ ।

लगानी पनि रु चार लाखदेखि पाँच लाखसम्म भए पुग्ने र त्यसका लागि सहकारीमार्फत किस्ताबन्दीमा पनि पाइने भएपछि व्यवसाय गरेर खान चाहनेका लागि अटो रिक्सा व्यवसाय युवाको रोजाइ बनेको छ ।

अटो रिक्सा व्यवसायी भन्छन्, “खटेर काम गरेमा राम्रै आम्दानी हुन्छ, कहिलेकाहीँ प्रहरी र नगरपालिकाले पार्किङमा दुःख दिने बाहेक अरु त सबै राम्रो छ ।” त्यसरी सञ्चालनमा ल्याएवापत नगरपालिकालाई वार्षिक रु ५०० कर तिर्नु परेको व्यवसायी बताउँछन् ।

बनेपा आसपासका भित्री शहर र बस्तीमा जान र वरिपरिका शहर धुलिखेल, पनौती, साँगा, नाला, चौकोट लगायतका ठाउँमा जान पनि सहज हुने भएकाले अटो रिक्सा व्यवसायी बढ्दै गइरहेका छन् । अहिले बनेपामा मात्रै दैनिक १५ देखि २० वटासम्म अटो रिक्सा सञ्चालनमा छन् ।

–पेमा लामा 

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ४ : ५८ बजे

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू

सिजीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता

काठमाडौं– सिजी ब्रान्डले आफ्नो ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ #लेवलअप!उईथसिजी उपहार योजनाअन्तर्गत

झापामा आगलागी हुँदा एक करोड ३० लाख रुपैयाँको क्षति

बनियानी– झापाको दमक नगरपालिका-९ स्थित एउटा थुप्पा उद्योग र एउटा घरमा

देश बनाउन श्रमदान आवश्यक : हर्कराज राई

धरान (सुनसरी)- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म