भेनेजुएला प्रकरणलाई अनावश्यक उचाल्न खोजियो: डा. भट्टराई « Khabarhub

भेनेजुएला प्रकरणलाई अनावश्यक उचाल्न खोजियो: डा. भट्टराई


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भेनेजुएला प्रकरणलाई आवश्यकता भन्दा बढी चर्चा गरेर उचाल्न खोजिएको आरोप लगाएका छन् ।

भौगोलिक र विविध सम्बन्धका हिसावले पनि नेपालसँग खासै सम्बन्ध नभएको विषयमा नेपालको भाग्य र भविश्यको फैसला नै यसैले नै गर्ने गरि हल्ला गरिनु आवश्यक नभएको भट्टराईले बताए ।

सोमबार संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तर संबाद कार्यक्रममा बोल्दै डा. भट्टराईले सरकार संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नताको सिद्धान्त, पञ्चशीलका सिद्धान्तमा रहेर बनेको विदेश नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशमा आन्तरिक समस्या आउँदा त्यसको समाधानका लागि निर्णय गर्ने अधिकार त्यहि देशका जनताले पाउनुपर्छ भन्ने धारण नै सरकारको आधिकारिक धारणा रहेको बताए ।

अन्तर संबादमा बोल्दै डा. भट्टराईले पार्टी र सरकारको आ आफ्नै सीमा र मर्यादा हुने भएकाले कतिपय पार्टीको धारणलाई सरकारकै आधिकारिक धारणाकै रुपमा बुझ्न नहुने विचार ब्यक्त गरे । उनले नेपालको अमेरिकासँग निकै लामो समयदेखि बहुआयमिक र गहिरो सम्बन्ध भएकाले कुनै विषयमा सामान्य मतान्तर रहेपनि त्यसले सदियौ देखिको सुमधुर सम्बन्धमा चिसोपना नआउने बताए ।

अन्तर संबादमा नेपाली काँग्रेसले जारी गरेको विज्ञप्तिको बारेमा सरकारको धारणाको विषयमा गरिएको प्रश्नमा सरकारको वक्तव्यमा मुलभुत रुपमा कुनैपनि सार्वभौम सत्ता सम्पन्न मुलुकले स्वतन्त्र रुपमा आफ्नो निर्णय गर्ने अधिकार पाउँनुपर्छ र त्यसमा कुनैपनि समस्या आएमा शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान खोजिनुपर्छ भन्नेनै सरकारको वक्तव्यको मुख्य सार रहेकाले त्यसमा काँग्रेसको कहाँ निर असहमति हो काँग्रेसलेनै जवाफ दिनुपर्ने बताए ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ५ : ४४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका