इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन « Khabarhub

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै गर्दा इरानसँगको युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई)को बढ्दो प्रभाव र राष्ट्रसङ्घ कै भविष्यबारे प्रश्न उठिरहेको छ।

ट्रम्पले इरानविरुद्ध सुरु गरेको युद्धले विश्व अर्थतन्त्र र ऊर्जा बजारमा असर पारेको छ। यसैबीच एआईको सामाजिक प्रभावबारे चिन्ता बढिरहेको छ भने राष्ट्रसङ्घलाई दिइने अमेरिकी आर्थिक सहयोग कटौती गर्ने ट्रम्प प्रशासनको नीतिले संस्थाको भविष्यबारे बहस निम्त्याएको छ।

महासभामा सम्बोधनपछि ट्रम्पले बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम, जापानकी प्रधानमन्त्री सानाए ताकाइची र भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

उनले खाडी सहयोग परिषद्का सदस्य राष्ट्रका नेतासँग पनि भेट गरी इरानसँगको युद्ध तथा साउदी अरबमाथि भएका इरान–समर्थित समूहका आक्रमणबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

इरानसँगको युद्ध महासभामा ट्रम्पको सम्बोधनको प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ। गत वर्ष उgले इरानका आणविक केन्द्रमा अमेरिकी आक्रमणपछि तेहरानको आणविक क्षमता ध्वस्त पारिएको दावी गरेका थिए। तर युद्ध लम्बिँदै जाँदा होर्मुज जलसन्धिमार्फत हुने तेल आपूर्ति अझै युद्धअघिको स्तरमा फर्किएको छैन र ऊर्जा बजारमा अस्थिरता कायम छ। ब्रेन्ट कच्चा तेलको मूल्य युद्ध सुरु हुनुअघिको करिब ७० डलरबाट बढेर १०० डलर हाराहारीमा पुगेको छ।

साउदी अरबले इरान–समर्थित लडाकुको आक्रमणपछि एउटा प्रमुख तेल पाइपलाइन बन्द गरेको छ भने यमनका हुथी विद्रोहीको गतिविधिका कारण लाल सागर र बाब अल–मान्दब जलसन्धिमा व्यावसायिक जहाजको आवागमन जोखिमपूर्ण बनेको छ।

कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले अमेरिका र इरानबीचको ‘विश्वासको गहिरो खाडल’ कम गरी दुवै पक्षलाई पुनःवार्तामा ल्याउन मध्यस्थकर्ताले प्रयास गरिरहेको बताएका छन्। उनका अनुसार युद्धको अन्त्य अन्ततः वार्ताबाटै हुने भएकाले त्यसअघि हुने क्षति र मानवीय क्षति घटाउनु आवश्यक छ।

यसैबीच, महासभाकै क्रममा अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच आर्कटिक तथा उत्तर एटलान्टिक क्षेत्रमा सुरक्षा सहकार्य विस्तार गर्ने सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

सम्झौताले ग्रिनल्यान्डमा अमेरिकी सैन्य उपस्थितिको विस्तारको बाटो खोल्नेछ। डेनमार्क र ग्रिनल्यान्डले भने यसले डेनमार्कको सार्वभौमिकता र ग्रिनल्यान्डका जनताको आत्मनिर्णयको अधिकारलाई मान्यता दिने बताएका छन्।

ट्रम्पले रुस–युक्रेन युद्धबारे पनि चर्चा गर्ने अपेक्षा गरिएको छ। उनले दुवै पक्षलाई एकअर्काको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न सहमत गराउने प्रयास गरेको दाबी गरे पनि रुस र युक्रेनले ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेका छन्। ट्रम्पले सोमबार युद्ध अन्त्य गर्नुपर्ने भन्दै पुनः असन्तुष्टि व्यक्त गरे।

बेलायती प्रधानमन्त्री बर्नहमसँगको भेटमा होर्मुज जलसन्धिको सुरक्षा र साउदी अरबमाथि हुथी आक्रमण रोक्न सहयोगबारे छलफल हुने अपेक्षा गरिएको छ।

जापानी प्रधानमन्त्री ताकाइचीसँगको भेटमा चीन–जापान सम्बन्ध तथा ताइवानसँग सम्बन्धित क्षेत्रीय तनावबारे पनि कुराकानी हुन सक्नेछ।

ट्रम्पको भेनेजुएलाकी अन्तरिम राष्ट्रपति रोड्रिगेजसँगको भेट भने दुई नेताबीचको पहिलो प्रत्यक्ष भेट हुनेछ। यसरी यस वर्षको महासभामा ट्रम्पको उपस्थिति इरान युद्ध, ऊर्जा सुरक्षा, युक्रेन युद्ध, ग्रिनल्यान्ड सम्झौता र बदलिँदो अन्तरराष्ट्रिय सम्बन्धका विषयले घेरिएको छ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ९ : ३२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका