काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका छन् । राष्ट्रसंघको ८१ औँ महासभाको बैठकमा सम्बोधन गर्दै उनले युद्ध रोकिनैपर्ने बताएका हुन् ।
”इनफ इज इनफ । यस सभामा उपस्थित सबैका तर्फबाट प्रष्ट सन्देश के हो भने युद्ध अब रोकिनैपर्छ । मानवीय सहायताको निर्बाध ढुवानी हुनुपर्छ र अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला अन्तर्राष्ट्रिय कानुनअनुसार चल्नुपर्छ,” उनले भनेका छन् ।
विश्वका सबै मुलुक अन्तर्राष्ट्रिय कानुनको परिधिमा चल्नुपर्ने उनले बताएका छन् । उनले वेस्ट बैंकमा इजरायलको गतिविधिको विरोध गरे । ”इजरायलको गतिविधिले शान्तिको बाटो भत्काएको छ भने जातीय नरसंहार बढाइरहेको छ,” गुटेरसले भनेका छन् ।
















प्रतिक्रिया