नुवाकोटमा क्याम्पस चलाउन धार्मिक शैक्षिक महोत्सव « Khabarhub

नुवाकोटमा क्याम्पस चलाउन धार्मिक शैक्षिक महोत्सव


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकाेट– नुवाकोटको तारकेश्वर गाउँपालिका २ स्थित श्रीकृष्ण क्याम्पस सञ्चालनका लागि आर्थिक संकट आइलागेको छ ।

२०७० सालदेखि सञ्चालित सो क्याम्पसबाट स्थानीयले गाउँमै उच्च शिक्षा अध्यययन गर्ने अवसर पाएपनि अहिले चरम आर्थिक संकट झेल्न बाध्य रहेको तारकेश्वर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष समरबहादुर आलेले जानकारी दिए ।

आर्थिक संकटबाट छुटकारा पाउनकै लागि अहिले क्याम्पसले विभिन्न उपाय खोजिरहेको र यसैक्रममा क्याम्पस परिसरमै श्रीमदभागवत सप्ताह वृहद धार्मिक शैक्षिक महोत्सव गर्न लागिएको सो महोत्सव आयोजक समितिका अध्यक्ष समेत रहेका आलेले जानकारी दिए ।

उनका अनुसार धार्मिक शैक्षिक महोत्सव शनिबारदेखि चैत ३० गतेसम्म सञ्चालन हुनेछ ।

त्यसको लागि सम्पूर्ण तयारी भइसकेको बताउँदै क्याम्पस प्रमुख भरत सिग्देलले शनिबार (चैत २३ गते ) बिहान कलस यात्रा गरेर दिउँसो १ बजे धार्मिक शैक्षिक महोत्सवको विधिवत उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्र न्यौपानेले महायज्ञ तथा धार्मिक शैक्षिक महोत्सवबाट एक करोड बढी रकम उठाउने लक्ष्य लिएको भन्दै त्यसका लागि महायज्ञ अघि नै केही रकमको प्रतिबद्धता पनि आएको बताए ।

महायज्ञबाट उठ्ने रकमले क्याम्पसको निम्ति जग्गा खरिद र भवन निर्माणका साथै कर्मचारी व्यवस्थापनमा खर्च गरिने अध्यक्ष आलेले जानकारी दिए ।
यस्तै श्रीकृष्ण माविमा सूचना प्रविधि कक्षा सञ्चालन गर्ने पनिआयोजकको लक्ष्य रहेको छ।

महायज्ञमा बालतपस्वी पण्डित उत्तम भट्टले कथा बाचन गर्नेछन् ।

महायज्ञमा हरेक दिन संकेतमय श्रीमदभागवत कथा पितृमुक्ति, शालिग्राम पूजन अर्चना, ब्रतबन्ध तथा तुलसी दानका साथै रुद्री, चौरासी पूजा र जन्मोत्सव पूजा कार्यक्रम समेत गरिने छ ।

आयोजकले महायज्ञ सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि आवश्यक पर्ने सबै तयारी पूरा भएको भन्दै सहयोग गर्न चाहनेहरुका लागि श्रीकृष्ण क्याम्पस र मावि सप्ताह ज्ञान महायज्ञको नाममा रहेकाे हिमालयन बैंककाे खाता नम्बर ०५८०८०७८२०००१७ नम्बर उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १२ : २७ बजे

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन

‘देशभर सुरक्षा व्यवस्था बलियो छ, ढुक्कसाथ मत हाल्नुस्’

काठमाडौं– सरकारले फागुन २१ (बिहीबार) हुने निर्वाचनका लागि हेलिकप्टरमार्फत् सुरक्षा

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

काठमाडौं– यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका झापालगायत कोशी

विशिष्ट पदाधिकारी, दलका नेता र प्रतिष्ठित व्यक्तिका मतदान केन्द्र

काठमाडौं– प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि

काठमाडौं–दुबई उडान आज रातिदेखि पुनः सञ्चालनमा

काठमाडौं- फ्लाई दुबईले बुधबार रातिदेखि दुबई–काठमाडौं–दुबई उडान पुनः सञ्चालन गर्ने