पूँजी बजारमा पनि विदेशी लगानी भित्र्याउने अर्थमन्त्रीको योजना « Khabarhub

पूँजी बजारमा पनि विदेशी लगानी भित्र्याउने अर्थमन्त्रीको योजना


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारमा पनि विदेशी लगानी भित्र्याउने योजना अघि सारेका छन् ।

अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पनि पूँजी बजारमा विदेशी लगानी भित्र्याउन लागिएको स्पष्ट पारे ।

बिहीबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले पूँजी बजारको विस्तार र यसको खुलापनको लागि दक्षिण एशीयाली राष्ट्र अलि पछि परेको उल्लेख गर्दै त्यसमा पनि विदेशी लगानी आवश्यक रहेकोे तर्क गरे ।

अर्थमन्त्री खतिवडाले नेपालसहित दक्षिण एशीयाली मुलुकहरुले विदेशी लगानी आकर्षित गरिरहेको उल्लेख गर्दैै नेपालको पनि जल विद्युत क्षेत्र विदेशी लगानीका लागि आकर्षणको केन्द्र बन्दै गएको बताए ।

अर्थमन्त्री खतिवडाले नेपाल लगानीका लागि उपयुक्त थलो रहेको दोहोर्‍याउँदै लेखा परीक्षणको कामलाई स्तरोन्नति गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

३ दिने सो सम्मेलनमा आर्थिक विकासका लागि आवश्यक लेखा प्रणालीका विविध विषयमा छलफल हुने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स (आईक्यान)का अध्यक्ष जगन्नाथ उपाध्यायले जानकारी दिए।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १२ : ५२ बजे

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल, (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन