सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाविरुद्ध उजुरी आह्वान « Khabarhub

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाविरुद्ध उजुरी आह्वान


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ५ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेका पाँचै जना न्यायाधिशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

गत चैत्र १९ गते मंगलबार बसेको न्याय परिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मलता माथेमा, पूर्व महान्यायाधीवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी र अधिवक्ता मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।

प्रस्तावित पाँचै जना न्यायाधीशको सुनुवाईका लागि उजुरी आह्वान गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सभापति कर्णका अनुसार न्यायाधीशहरुमाथि उजुरीका लागि समितिले १० दिनको समय निर्धारण गरेको छ ।

समितिले १० दिन भित्र आह्वान गरिएको उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधिशहरुको सुनुवाई गर्नेछ । न्याय परिषदबाट सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीशरु संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १ : ३१ बजे

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,