संस्थापन इतरका जिल्ला सभापतिहरुको निष्कर्ष– महासमिति बैठकले गरेको निर्णय पारित नभए विशेष महाधिवेशन « Khabarhub

संस्थापन इतरका जिल्ला सभापतिहरुको निष्कर्ष– महासमिति बैठकले गरेको निर्णय पारित नभए विशेष महाधिवेशन



काठमाडौं– नेपाली कांग्रेसका संस्थापन इतरका जिल्ला सभापतिहरुले महासमिति बैठकले गरेको निर्णय पारित गर्न दवाव दिने निर्णय गरेका छन् ।

बुधबार(हिजो) देखि शुरु भएको ५० बढी जिल्ला सभापतिहरुको भेला विहीबार(आज) सकिएको हो ।

महत्वपूर्ण दुईवटा विषयमा छलफल भएको भेलामा सहभागी कांग्रेसका काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए ।

केन्द्रीय सदस्यसमेत बुथबाटै निर्वाचित भएर आउनुपर्ने, समानुपातिक र समावेशी कोटाबाट बढिमा २ पटकसम्म मात्रै सांसद बन्न पाउने, केन्द्रीय स्तरका नेताहरु पनि महाधिवेशन प्रतिनिधि बन्न बुथबाटै निर्वाचित भएर आउनुपर्ने लगतयका विषयमा गम्भीर छलफल भएको आचार्यले जानकारी दिए ।

महासमिति बैठकले गरेको निर्णय अनुसार नै गर्न पार्टीमा दवाव दिने निर्णय भेलाले गरेको छ ।

‘महासमिति बैठकले गरेको निर्णयहरुलाई पास गर्न पहिलो चरणमा दवाव दिने निर्णय भएको छ’ आचार्यले भने,‘ २३ गते बस्ने केन्द्रीय समिति बैठले त्यसको निर्णय गरोस् ।’

आफूहरुले राखेको विषयमा केन्द्रीय समिति बैठकबाट कुनै निर्णय नभए ७७ जिल्लाबाट हस्ताक्षर संकलन गरेर विशेष महाधिवेशनमा जाने निर्णय भेलाले गरेको छ ।

‘केन्द्रीय समितिमा यी मागहरुबारे कुनै निर्णय भएन भने ७७ जिल्लाबाट हस्ताक्षर संकलन गरेर विशेष महाधिवेशनमा जाने निर्णय भएको छ’ आचार्यले भने ।

उता, पार्टी सभापति शेरबहादुर देउवाले भने पार्टीका जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाएमा आफूले ‘फेस’ गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा विहीवार सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सानो सङ्ख्यामा जम्मा भएका २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्ने स्पष्ट पारे । सभापति देउवाले भने ,’स्व गिरिजाप्रसाद कोइराला भएको भए यस्तो अवस्थामा उनीहरुलाई पार्टीबाट निष्काशन गर्नुहुन्थ्यो तर म केही गर्दिन, अनुशासन समितिले यसलाई हेर्छ ।’

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ३ : ५६ बजे

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र