शिव परियारले ल्याए ‘आँसुको अर्थ २’ « Khabarhub

शिव परियारले ल्याए ‘आँसुको अर्थ २’


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा संगीतकार शिव परियारको नयाँ गीत बजारमा आएको छ । परियारको स्वर रहेको ‘आँसुको अर्थ – भाग २’ युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यसअघि सार्वजनिक गरिएको गीत ‘आँसुको अर्थ’ लाई दर्शकले रुचाएका थिए । सोही कारण यसको अर्को भाग पनि बजारमा ल्याइएको हो । सञ्चारकर्मी रवि अधिकारीले लेखेका यो गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

यस्तै गीतको भिडियोमा अभिनेता सन्नी सिंह र ज्योत्सना योगीलाई देख्न सकिन्छ । यसअघिको गीतमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठको अभिनय थियो ।

निकेश खड्काले निर्देशन गरेको यो भिडियोलाई धमला विकासले सम्पादन गरेका हुन् भने बुद्ध थापाले छायांकन गरेका हुन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ५ : १० बजे

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने