शिव परियारले ल्याए ‘आँसुको अर्थ २’ « Khabarhub

शिव परियारले ल्याए ‘आँसुको अर्थ २’


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा संगीतकार शिव परियारको नयाँ गीत बजारमा आएको छ । परियारको स्वर रहेको ‘आँसुको अर्थ – भाग २’ युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यसअघि सार्वजनिक गरिएको गीत ‘आँसुको अर्थ’ लाई दर्शकले रुचाएका थिए । सोही कारण यसको अर्को भाग पनि बजारमा ल्याइएको हो । सञ्चारकर्मी रवि अधिकारीले लेखेका यो गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

यस्तै गीतको भिडियोमा अभिनेता सन्नी सिंह र ज्योत्सना योगीलाई देख्न सकिन्छ । यसअघिको गीतमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठको अभिनय थियो ।

निकेश खड्काले निर्देशन गरेको यो भिडियोलाई धमला विकासले सम्पादन गरेका हुन् भने बुद्ध थापाले छायांकन गरेका हुन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ५ : १० बजे

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट