पञ्चवर्षीय योजनाको आधार पत्र पारित « Khabarhub

पञ्चवर्षीय योजनाको आधार पत्र पारित


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय योजना आयोगले तयार पारेको मुलुकको आर्थिक विकासको पञ्चवर्षीय योजनाको आधार पत्र पारित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा दुई दिनसम्म बसेको राष्ट्रिय विकास परिषद बैठकले मुलुकको आर्थिक विकासको पञ्चवर्षीय योजनाको आधार पत्र पारित गरेको हो ।

५ वर्ष भित्र मुलुकको आर्थिक वृद्धिदर ९ दशमलव ६ प्रतिशत पुर्‍याउने लक्ष्यसहित सो योजनाको आधार पत्र पारित गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले जानकारी दिए ।

बिहीबार सम्पन्न परिषद् बैठकका निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गरिवीको प्रतिशतलाई दोब्बर घटाउने लक्ष्य पनि लिइएको बताए ।

आधार पत्रमा मुलुकको समृद्धिका लागि जलविद्युत उत्पादनमा विशेष जोड दिने उल्लेख गरिएको छ । त्यसैगरी बेरोजगारीको दरलाई ११ दशमलव ४ प्रतिशतबाट घटाएर पाँच वर्ष भित्र ४ प्रतिशतमा पु¥याउने लक्ष्य निर्धारण गरिएको छ । उपाध्यक्ष कँडेलले गरिवी घटाउन र बेरोजगारीको दर न्यून बनाउन पूर्वाधार, जलविद्युत विकासमा विशेष जोड दिने योजना तय गरिएको पनि बताए ।

२५ वर्षीय दिर्घकालीन सोचसहितको सो आधार पत्रमा आगामी २ वर्षलाई समृद्धि र सुःखको आधार वर्षको रुपमा व्याख्या गरिएको छ ।उपाध्यक्ष कँडेलले योजनामा सामाजिक न्यायसहितको आर्थिक समृद्धिको अवधारणालाई अघि बढाउने उल्लेख गरिएको पनि बताए ।

राष्ट्रिय योजना आयोगले तयार पारेको आधार पत्रमा सामाजिक न्यायमा आधारित उत्पादन र वितरण प्रणालीलाई अघि बढाउने भनिएको छ ।
परिषद् बैठकले पारित गरेको सो आधार पत्र मन्त्रीपरिषद बैठकले स्विकृत गरेपछि कार्यान्वयनमा आउनेछ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. कँडेलले बलियो सरकार भएकाले सो योजनालाई गतिका साथ अघि बढाउन कुनै समस्या नहुने दाबी गरे ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ८ : ४५ बजे

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो