पञ्चवर्षीय योजनाको आधार पत्र पारित « Khabarhub

पञ्चवर्षीय योजनाको आधार पत्र पारित


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय योजना आयोगले तयार पारेको मुलुकको आर्थिक विकासको पञ्चवर्षीय योजनाको आधार पत्र पारित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा दुई दिनसम्म बसेको राष्ट्रिय विकास परिषद बैठकले मुलुकको आर्थिक विकासको पञ्चवर्षीय योजनाको आधार पत्र पारित गरेको हो ।

५ वर्ष भित्र मुलुकको आर्थिक वृद्धिदर ९ दशमलव ६ प्रतिशत पुर्‍याउने लक्ष्यसहित सो योजनाको आधार पत्र पारित गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले जानकारी दिए ।

बिहीबार सम्पन्न परिषद् बैठकका निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गरिवीको प्रतिशतलाई दोब्बर घटाउने लक्ष्य पनि लिइएको बताए ।

आधार पत्रमा मुलुकको समृद्धिका लागि जलविद्युत उत्पादनमा विशेष जोड दिने उल्लेख गरिएको छ । त्यसैगरी बेरोजगारीको दरलाई ११ दशमलव ४ प्रतिशतबाट घटाएर पाँच वर्ष भित्र ४ प्रतिशतमा पु¥याउने लक्ष्य निर्धारण गरिएको छ । उपाध्यक्ष कँडेलले गरिवी घटाउन र बेरोजगारीको दर न्यून बनाउन पूर्वाधार, जलविद्युत विकासमा विशेष जोड दिने योजना तय गरिएको पनि बताए ।

२५ वर्षीय दिर्घकालीन सोचसहितको सो आधार पत्रमा आगामी २ वर्षलाई समृद्धि र सुःखको आधार वर्षको रुपमा व्याख्या गरिएको छ ।उपाध्यक्ष कँडेलले योजनामा सामाजिक न्यायसहितको आर्थिक समृद्धिको अवधारणालाई अघि बढाउने उल्लेख गरिएको पनि बताए ।

राष्ट्रिय योजना आयोगले तयार पारेको आधार पत्रमा सामाजिक न्यायमा आधारित उत्पादन र वितरण प्रणालीलाई अघि बढाउने भनिएको छ ।
परिषद् बैठकले पारित गरेको सो आधार पत्र मन्त्रीपरिषद बैठकले स्विकृत गरेपछि कार्यान्वयनमा आउनेछ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. कँडेलले बलियो सरकार भएकाले सो योजनालाई गतिका साथ अघि बढाउन कुनै समस्या नहुने दाबी गरे ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ८ : ४५ बजे

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई