‘बोइङ’ विमान नियन्त्रण प्रणालीमा पुनरावलोकन गर्न आग्रह « Khabarhub

‘बोइङ’ विमान नियन्त्रण प्रणालीमा पुनरावलोकन गर्न आग्रह


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इथियोपिया- इथियोपियाका अनुसन्धानकर्ताले विमान निर्माण गर्ने कम्पनी बोइङलाई विमान नियन्त्रण प्रणालीमा पुनरावलोकन गर्न आग्रह गरेका छन् ।

गत मार्च १० मा १ सय ५७ जनाको ज्यान जाने गरी भएको इथियोपियन एयरलाइन्सको विमान दुर्घटनाको प्रतिवेदनबारे टिप्पणी गर्दै इथियोपियाका अनुसन्धानकर्ताहरुले आफ्ना चालक दलका सदस्यले कम्पनीले उपलब्ध गराएको विमान नियन्त्रणका सबै प्रक्रिया पूरा गर्दागर्दै पनि विमान दुर्घटनामा परेको भन्दै बोइङलाई आफूले निर्माण गरेका विमानमा नियन्त्रण प्रणालीमा पुनरावलोकन गर्न आग्रह गरेका हुन् ।

दुर्घटनामा परेको अमेरिकी विमान निर्माता कम्पनी बोइङको ७३७ म्याक्स ८ विमानलाई चालक दलका सदस्यले नियन्त्रण गर्न खोज्दाखोज्दै पनि विमान अगाडिको भागबाट अस्थीर बनेको अनुसन्धानकर्ताको भनाइ छ ।

विमान दुर्घटनाबारेको प्रारम्भिक अनुसन्धान प्रतिवदेन सार्वजनिक गर्नुअघि इथियोपियाकी यातायातमन्त्री डागमाविट मोगेसले पत्रकार सम्मेलन गर्दै दुर्घटनाग्रस्त विमानका चालक दलका सदस्यले विमान निर्माताले उपलब्ध गराएअनुसार विमान नियन्त्रण गर्ने सबै प्रक्रिया पूरा गरेको बताएकी छिन् । तैपनि चालक दलका सदस्यले विमानलाई आफ्नो काबुमा पार्न नसकेको उनको भनाइ छ ।

दुर्घटनाबारेको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था नभएपनि अनुसन्धानकर्ताहरुले शुक्रबार ३० पृष्ठ लामो उक्त प्रतिवेदन सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यद्यपि हालसम्म इथियोपियन एयरलाइन्सले दुर्घटनाका लागि कसैलाई पनि दोषी ठहर गरिनसकेको बताइएको छ । विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारले भने दुर्घटनाबारेको अनुसन्धान प्रतिवेदन व्यग्रतापूर्वक पर्खिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इथियोपियन एयरलाइन्सको विमान दुर्घटना भएयता बोइङले बजारमा पठाएका ७३८ म्याक्स ८ विमानमध्ये अधिकांश आकाशमा उडेका छैनन् । दुर्घटनापछि सरोकारबालाहरुले बोइङ कम्पनीलाई आफूले निर्माण गरेको विमानको सफ्टवेयर र नियन्त्रण प्रणालीमा सुधार गर्न आह्वान गर्दै आएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ११ : २० बजे

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ