विमान घरमा ठोक्किंदा पाँच जनाको मृत्यु | Khabarhub Khabarhub

विमान घरमा ठोक्किंदा पाँच जनाको मृत्यु


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया– एउटा सानो विमान अवतरणका क्रममा विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किँएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ ।

बर्षाका कारण विमानस्थलमा धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा विमान र योर्वा लिन्डाको एक घरमा आगलागी भएको थियो र विमान चालक र उक्त घरमा रहेका चार जनाको आगोले जलेर मृत्यु भएको छ, अरेन्ज जिल्लाका अधिकारी लेफ्टिनेन्ट कोरी मार्टिनोले विमान दुर्घटनापछि गरेको पत्रकार सम्मेलनमा बताए ।

मृतकमध्ये विमान चालकसहित तीन जना पुरूष र दुई महिला रहेका पुष्टि भएको छ तर उनीहरूको थप परिचय तत्काल सार्वजनिक गरिएको छैन ।

सेस्ना ४१४ए नंम्बरको विमान फुलेर्टन नगरीय विमानस्थलबाट पश्चिममा रहेको योर्बा लिन्डाका लागि उडेको संघीय नागरिक उड्डयन प्रशासन कार्यालयका प्रवक्ता एलेन केनिट्जरले बताए ।

प्रत्यक्षदर्शीका अनुसार विमानको एउटा इन्जिन र मुख्य क्याविन दुई तले घरमा ठोक्एिपछि ठूलो आगोको मुस्लो निस्किएको र घरमा रहेका दुई जनालाई सख्त जलेको अवस्थामा जिवितै उद्धार गरी उपचारका लागि पठाइएको छ ।

घरबाट एक महिला डढ्दै गरेको कपालसहित घरबाट निस्किन् भने एक जनालाई पछि उद्धार गरिएको थियो । उनीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ । ट्वीटरमा पोष्ट गरिएको भिडियोमा विस्फोटको आवाजपछि अतालिँदै नजिकका घरहरूबाट बाहिर निस्केका स्थानीयलाई देखिएका छन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : १५ बजे

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै

जुवातास खेल्ने २६ जना पक्राउ

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई

धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए

काभ्रेपलाञ्चोक – धुलिखेलस्थित ‘जन्मोत्सव उद्यान’ र आसपासका क्षेत्रमा आज विभिन्न

बैंकिङ कसूर गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं- बैंकिङ कसूर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको

बाढी आउनसक्ने भन्दै जलविद्युत् आयोजनालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई