विमान घरमा ठोक्किंदा पाँच जनाको मृत्यु « Khabarhub

विमान घरमा ठोक्किंदा पाँच जनाको मृत्यु


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया– एउटा सानो विमान अवतरणका क्रममा विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किँएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ ।

बर्षाका कारण विमानस्थलमा धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा विमान र योर्वा लिन्डाको एक घरमा आगलागी भएको थियो र विमान चालक र उक्त घरमा रहेका चार जनाको आगोले जलेर मृत्यु भएको छ, अरेन्ज जिल्लाका अधिकारी लेफ्टिनेन्ट कोरी मार्टिनोले विमान दुर्घटनापछि गरेको पत्रकार सम्मेलनमा बताए ।

मृतकमध्ये विमान चालकसहित तीन जना पुरूष र दुई महिला रहेका पुष्टि भएको छ तर उनीहरूको थप परिचय तत्काल सार्वजनिक गरिएको छैन ।

सेस्ना ४१४ए नंम्बरको विमान फुलेर्टन नगरीय विमानस्थलबाट पश्चिममा रहेको योर्बा लिन्डाका लागि उडेको संघीय नागरिक उड्डयन प्रशासन कार्यालयका प्रवक्ता एलेन केनिट्जरले बताए ।

प्रत्यक्षदर्शीका अनुसार विमानको एउटा इन्जिन र मुख्य क्याविन दुई तले घरमा ठोक्एिपछि ठूलो आगोको मुस्लो निस्किएको र घरमा रहेका दुई जनालाई सख्त जलेको अवस्थामा जिवितै उद्धार गरी उपचारका लागि पठाइएको छ ।

घरबाट एक महिला डढ्दै गरेको कपालसहित घरबाट निस्किन् भने एक जनालाई पछि उद्धार गरिएको थियो । उनीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ । ट्वीटरमा पोष्ट गरिएको भिडियोमा विस्फोटको आवाजपछि अतालिँदै नजिकका घरहरूबाट बाहिर निस्केका स्थानीयलाई देखिएका छन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : १५ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी