शीर्ष नेताका निवास नै ‘कार्यालय’, सुनसान बन्दै पार्टी अफिस « Khabarhub

शीर्ष नेताका निवास नै ‘कार्यालय’, सुनसान बन्दै पार्टी अफिस


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा वैशाख १७ गते फरक दृश्य देखियो। निवासमा भीडभाड थियो। प्रदेश २ का पार्टी सहइन्चार्ज विश्वनाथ शाह र अध्यक्ष प्रभु शाह एक हूल मानिस लिई दाहाल निवास पुगेका थिए।

तराई–मधेस फोरम अध्यक्ष अमर यादवलगायत उनको पार्टी नेकपामा विलय गराउने कार्यक्रम हुँदै थियो त्यहाँ। दाहालले त्यस्तो पार्टी प्रवेश कार्यक्रम पार्टी कार्यालयमा गर्न आवश्यक ठानेनन्, आफ्नै निवासमा आयोजना गरिदिएको अन्नपूर्ण पोस्टमा खबर छ।

पार्टीका स्थायी समिति सदस्य लीलामणि पोखरेल, नेताहरू प्रभु र विश्वनाथसहित प्रदेश सचिव सुमनराज प्याकुरेलको उपस्थितिमा दाहाल निवासमा कार्यक्रम भयो। फूलमाला र खादा त्यहाँ उत्तिकै प्रयोगमा आयो। दाहालसँग फोटो खिचाउन चाहनेको तँछाडमछाड देखियो।

त्यसको दुई दिनअघि मात्र दाहालले नेकपा अध्यक्षको हैसियतमा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिमण्डको ध्यानाकर्षणपत्र पनि आफ्नै निवासमा बुझेका थिए। नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा छ। पेरिसडाँडामा पनि सम्पर्क कार्यालय छ। तर उनी धुम्बाराहीस्थित पार्टी कार्यालयमै नपुगेको दुई महिना भइसक्यो। दाहालको नेता–कार्यकर्ता भेटघाटदेखि सबै कार्यक्रम निजी निवासमै हुन्छन्। पार्टी कार्यालयमा बनाउनुपर्ने कार्यक्रमसमेत निजी निवासमा गर्ने गरी बनाइँदै छन्।

यस्तो दृश्य दाहाल निवासमा मात्र होइन, प्रधानमन्त्री तथा नेकपाकै अध्यक्ष केपी ओलीको सरकारी निवास बालुवाटार र कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पनि देखिन्छ। १६ वैशाखमा प्रधानमन्त्री ओलीले पार्टी सचिवालय बैठक आफ्नै सरकारी निवास बालुवाटारमा बोलाए। गतवर्षको जेठ ३ को पार्टी एकतायता एक पटक स्थायी समितिको बैठक धुम्बाराही कार्यालयमा बसे पनि जेजति अन्य बैठक अहिलेसम्म बसेका छन्, प्रधानमन्त्री निवास बालुवाटारमै बसिरहेको छ।

राजाजस्तै हाम्रा नेता शीर्षकको अर्को समाचारमा राजनीतिक पार्टीहरूमा मुख्यतः तीन अस्पष्टता छन्। सिद्धान्त, संगठन र कार्यशैलीगत अस्पष्टता छ। यसलाई एउटै शब्दमा पनि भन्न सकिन्छ। सिद्धान्तको अस्पष्टताले संगठनमा अस्पष्टता ल्याउँछ। र त्यसले कार्यशैलीमा अस्पष्टता र विकृति ल्याँउछ। यो एउटै प्रक्रिया हो। त्यही एउटै प्रक्रियाका तीन पक्ष हुन्। मुख्यतः हामीले भनिरहेको के हो ? हामीले कस्तो समाज चाहेका हौं ? कस्तो राजनीति चाहेका हौं ? कस्तो राजनीतिले समाजलाई कतातिर लैजान्छ ? भन्ने कुरामा पार्टीहरूमा छलफल हुँदैन। त्यस्तो बहस गर्ने थलो नै छैन।

तपाईं–हाम्रै पार्टी नेकपामा हेर्नुहुन्छ भने हाम्रो पार्टीका बैठकहरू, संसदीय दलहरूमा नेताहरूले डेढदुई घण्टा भाषण गर्छन्। त्यो पनि विषयमा गर्दैनन्। बोल्दै जाँदा जेजे आउँछ, त्यही बोल्छन्। अर्काे नेताको भन्दा आफू राम्रो देखिनुपर्‍यो, धेरै लामो बोल्न सक्छ भन्ने देखिनुपर्‍यो। यस्ता कुण्ठा देखिन्छन् मान्छेहरूमा। राम्रो बोल्ने, लामो बोल्ने दौरानमा सिद्धान्तमै अस्पष्टता भएका नेताहरूले लामो बोल्दा के बोल्छन् ? उनीहरूले फतरफतर मात्र बोलेका हुन्छन्।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ७ : ४७ बजे

सत्तामोहले थला परेको कांग्रेस

नेपाली काँग्रेस देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । नेपालमा

फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

काठमाडौँ– फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ ।

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)