शनिबारको दिन भूलेर पनि यी पाँच चिज नखानुहोस् « Khabarhub

शनिबारको दिन भूलेर पनि यी पाँच चिज नखानुहोस्


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हिन्दु धर्ममा शनिबार शनिदेवको पूजा गरिन्छ । शनिदेवलाई न्यायको देवताको रुपमा पुजिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यो दिन सरसियौँको तेल, कालो तिल आदि चढाउने गरिन्छ । जुन व्यक्तिको कुण्डलीमा शनिदोष भएको हुन्छ । त्यस्ता व्यक्तिले शनिदेवको पूजा गर्नुका साथै शनिबारको दिन केही खानेकुरा पनि बार्नु पर्ने हुन्छ । शनिदोष भएका व्यक्तिले भूलेर पनि खान नहुने केही खाद्य वस्तुबारे जानकारी राखौँ ।

१. शनिबारको दिन सादा दूध तथा दही भूलेर पनि नखानु होला । खानै परे तपाईंले सादा दूध तथा दहीमा बेसार तथा सख्खर मिसाएर मात्रै खानु उपयुक्त हुनेछ ।

२. खाद्य वस्तुको कुरा गर्नुपर्दा तपाईंले शनिबारको दिन मसुरोको दाल नखानु होला । मसुरोको दालबाहेक अन्य दाल भने खान सक्नु हुनेछ । मसुरोको रङ्ग रातो हुने भएकाले यो मंगलसँग सम्बन्धित भएकाले शनिबारको दिन मसुरोको दाल खाए शनिमा क्रुर दृष्टि बढाउँछ ।

३. आँपको अचार पनि शनिबारको दिन नखानु होला । आँपको अचार काँचो आँपबाट बनाइने हुनाले यसको स्वाद अमिलो तथा टर्रो हुन्छ । यस्तो स्वादको खाद्यवस्तु शनिदेवलाई मन पर्दैन । त्यसैले शनिबारको दिन यस्ता खानेकुराबाट टाढा रहेकै बेस हुनेछ ।

४. शनिबारको दिन खानामा रातो खुर्सानी प्रयोग नगर्नु होला । शनिदेवलाई खानामा रातो खुर्सानी प्रयोग गरेको मन पर्दैन । सुकेको तथा रातो खुर्सानी प्रयोग नगर्दा तपाईंलाई शनिबारको दिन लाभ मिल्नेछ ।

५. शनिबारको दिन रक्सी तथा मद्यपानबाट बच्नु उपयुक्त हुनेछ । कुण्डलीमा शनि यदि राम्रो अवस्थामा छ भने पनि यो दिन रक्सी सेवन गरेको खण्डमा त्यसको असर उल्टो पर्न सक्छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  १२ : ४३ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार