‘हिमालयन भिएग्रा’ नामले परिचित यार्साको माग विश्वमा किन बढ्यो ? « Khabarhub

‘हिमालयन भिएग्रा’ नामले परिचित यार्साको माग विश्वमा किन बढ्यो ?


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आयुर्वेद संसारकै प्राचिन चिकित्साशास्त्र हो । यो हिन्दूधर्मको चार वेदमध्येको अथर्ववेदको उपवेदमा पर्दछ ।

इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडिको भारतवर्षबाट आयुर्वेदको विकास भएको मानिन्छ । पछिल्लो समय विज्ञानको विकास हुँदै जाँदा पनि आयुर्वेदको महत्व भने उत्तिकै छ । प्रकृतिमा पाइने जडिबुटीहरुबाट आयुर्वेदिक औषधि बनाइने गरिन्छ । थुप्रै किसिमका बिरामको उपचारका लागि आयुर्वेदिक आषैधिको प्रयोग गरिँदै आइएको छ ।

पछिल्लो समय यस्ता जडिबुटीमध्ये उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने यार्सागुम्बाको भने चर्चा विशेष हुने गरेको छ । पुरुषका लागि यौन शक्तिवर्धक जडिबुटीको रुपमा चर्चा गरिने यार्सागुम्बा ‘हिमालयन भिएग्रा’को नामले पनि परिचित छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रको अति दुर्गम क्षेत्रमा पाइने यसको सेवनबाट मानिसको शरीरमा लाग्ने थुप्रै किसिमका रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ ।

यार्सागुम्बाको अंग्रेजी नाम ‘क्याटरपिलर फङ्गस’ अथवा ‘हिमालयन भिएग्रा’ हुन्छ । यस्तै, यसलाई ‘कोर्डाइसेप्स’ पनि भनिन्छ । बहुउपयोगी जडिबुटीको रुपमा रहेको यार्सागुम्बा ३२ सयदेखि पाँच हजार मिटरको उचाइको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ । नेपाल, भारत र तिब्बतमा महंगो मूल्यमा बिक्री हुने यार्सागुम्बा धेरैजसो नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ । बसन्त ऋतु सुरु भएसँगै अहिले नेपालको उच्च पहाडी तथा हिमाली जिल्लामा यार्सागुम्बा टिप्नेहरुको ठूलै भीड लागेको छ ।

यति बेला यार्सागुम्बा संकलनको समय भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रका मानिसहरु गाउँनै रित्तो पारेर यार्सा टिप्न जाने गर्छन् । कतिपय गाउँमा त विद्यालयसमेत बन्द हुने गरेको छ । यार्सा संकलन गर्न सबैजसो घरबाट बालकदेखि हिड्डुल गर्नसक्ने वृद्धसम्म जाने भएको हुँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यताले तीन महिनासम्म विद्यालय बन्द हुनेगरेको छ । यार्सा टिप्ने ठाउँमा टेण्ट नै हालेर महिनौँसम्म यार्सा संकलन गर्ने गरिन्छ ।

भारतमा भने सबै भन्दा पहिले इन्द्रसिंह राईपा नामका एक व्यक्तिले यसबारे थाहा पाएको बताइन्छ । उनैले केही नेपाली युवाहरुसँगै यार्सागुम्बा ल्याएर बिक्री सुरु गरेको भारतीय सञ्चारमाध्यमको दावी छ । नेपालमा भने वर्षौं पहिलेदेखि नै यार्सागुम्बाको प्रयोग हुने गरे पनि व्यापारिक कारोबार कहिलेबाट कसले सुरु गरे भन्ने यकिन जानकारी नभएको सम्बन्धित व्यक्तिहरुले बताउने गरेका छन् । चिनियाँहरुले दुई हजार वर्ष पहिलेदेखि नै आयुर्वेदिक औषधिको रुपमा यसको प्रयोग गर्दै आएको बताइन्छ । चिकित्सकहरुले यार्सागुम्बालाई संसारकै सबै भन्दा महंगो जडिबुटीको रुपमा चर्चा गरेका छन् ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने एक किसिमको किरा नै यार्सागुम्बा हो । यार्सागुम्बाले बेइजिङ्ग ओलम्पिकको समयमा अत्यधिक चर्चा पाउनुकासाथै यसको व्यापारमा समेत वृद्धि भएको थियो । प्रति किलो ३२ हजारदेखि ८ लाख रुपैयाँसम्म यसको बिक्री हुने गरेको सम्बन्धित व्यापारीको भनाइ छ ।

विशेष गरी तिब्बतबाट निवार्सित तिब्बतीहरु यार्सागुम्बा व्यापारमा संलग्न हुने गरेका छन् । हिमाली क्षेत्रमा यसलाई किरा, जडिबुटीको नामले चिनिन्छ भने तिब्बत तथा चीनमा भने यार्सागुम्बा वा यार्सागम्बूको नामले परिचित छ ।

तिब्बत तथा चीनमा यसलाई यौन उत्तेजक वा शक्तिवर्धक औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ ।

केही जडिबुटीले नकारात्मक असर गर्ने गर्छ तर यार्सागुम्बाले भने कुनै पनि किसिमको साइट इफेक्ट गर्दैन । यसको स्वाद मीठो हुन्छ । सुरुमा किराको रुपमा रहने भएकाले यसको जीवन समय करिब ६ महिनाको हुन्छ । चैत, बैशाख महिनामा उक्त किराले आफ्नो जीवन चक्र पूरा गरेर मर्छ । मरेपछि यो किरा, जडिबुटीको रुपमा उच्च पहाडी तथा हिमाली क्षेत्रको घाँसे क्षेत्रमा रहने गर्छ ।

भारतमा यार्सागुम्बा संकलनमा प्रतिबन्ध छ भने नेपालमा सन् २००१ देखि सरकारले प्रतिबन्ध हटाएको थियो । नेपाल सरकारले प्रति किलो २० हजार रुपैयाँ राजश्व उठाउने गरेको बताइन्छ ।

पछिल्लो समय भने धेरै नाफा कमाउने लोभमा यार्साको व्यापारमा थुप्रै बिचौलिया व्यापारीहरु प्रवेश गरेको पाइन्छ । यौन शक्तिवर्धक जडिबुटीको रुपमा रहेको यार्साको बिक्री विदेशमा महंगो मूल्यमा हुने गरेको छ । त्यसमा पनि चीनमा यसको माग धेरै छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ३ : ३६ बजे

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको