लिबियाली सेनालाई लक्षित गरी आक्रमण, ८ सैनिकको हत्या « Khabarhub

लिबियाली सेनालाई लक्षित गरी आक्रमण, ८ सैनिकको हत्या


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिबिया– दक्षिणी लिबियामा सैनिक अखडालाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा ८ सैनिकको ज्यान गएको छ ।

लिबियाली सैनिक शासक खलिफा हफ्तारप्रति वफादार सैनिकलाई लक्षित गरी लिबियाको दक्षिणी शहर सेबहामा आक्रमण भएको र आक्रमणकारीले सैनिकको घाँटी रेटेर निर्मम हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लिबियाली सेनाले भने आक्रमणमा आतंकवादी संगठन इस्लामिक स्टेट र चाडका लडाकुको संलग्नता रहेको जनाएको छ । यद्यपि आक्रमणमा कुन समूहको हात रहेको भन्ने स्वतन्त्र पुष्टि भने भएको छैन ।

दक्षिणी लिबियाको विशाल भूभागमा नियन्त्रण जमाएको भएपनि लिबियाली सेनाले हाल आफ्नो ध्यान अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी त्रिपोलीमा सैनिक अभियान अघि बढाउनेतर्फ केन्द्रित गर्दै आएको छ ।

दक्षिणी लिबियामा लिबियाली सेनाविरुद्ध त्यहाँका स्थानीय टेबु जातिका लडाकुले आक्रमण गर्दै आएका छन् भने दक्षिणी लिबियामा इस्लामिक स्टेटका लडाकु पनि उत्तिकै सक्रिय रहेको बताइन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ५ : ४० बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को