अन्नपूर्ण हिमाल आरोहणका क्रममा उद्धार गरिएका मलेशियाली डाक्टरको सिङ्गापुरमा निधन | Khabarhub Khabarhub

अन्नपूर्ण हिमाल आरोहणका क्रममा उद्धार गरिएका मलेशियाली डाक्टरको सिङ्गापुरमा निधन


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्नपूर्ण हिमाल आरोहण गरी फर्कने क्रममा उद्धार गरिएका एकजना मलेशियाली पर्वतारोहीको निधन भएको छ ।

सिङ्गापुरमा रहँदै आएका मलेशियाली आरोही तथा डाक्टर चिन वुई किनको सिङ्गापुरमा रहेको युनिभर्सिटी अस्पतालमा निधन भएको हो ।

८,०९१ मिटर उचाईको अन्नपूर्ण हिमाल आरोहण गरेर फर्कने क्रममा उनी अन्य आरोहीसँग छुट्टिएका थिए । त्यसको ४३ घण्टापछि गत बिहीबार उनलाई उद्धार गरिएको थियो ।

शुरुमा नेपालमै उपचार गराइएका उनलाई थप उपचारका लागि सिङ्गापुर लगिएको थियो । नेपालमै पनि चिकित्सकले उनको बच्ने सम्भावना कम रहेको जनाएका थिए ।

सिङ्गापुरको ङ्ग टेङ्ग फोङ्ग जनरल अस्पतालमा भिजिटिङ सिनियर एनेस्थेसियोलोजी कन्सल्टेन्टका रुपमा कार्यरत डा. चिन वुई किनले यसअघि सगरमाथाको पनि सफल आरोहण गरेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ७ : ०९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’