बिहान उठेपछि नियमित गर्नुहोस् यी तीन काम, शरीरलाई फाइदै फाइदा « Khabarhub

बिहान उठेपछि नियमित गर्नुहोस् यी तीन काम, शरीरलाई फाइदै फाइदा


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बिहान सबेरै उठेर नित्यकर्म गर्नु मानव स्वास्थ्यका लागि लाभदायक मानिन्छ । शास्त्रमा भनिएका तथा उल्लेख गरिएका संस्कार पछिल्लो पुस्ताले बेवास्ता गरेपनि त्यसले मानव स्वास्थ्यमा असर पुर्‍याइएको हुन्छ ।

मानिसहरु ढिलो सम्म जागै बस्ने र बिहान ढिला सम्म सुत्ने चलन बढी छ । तर, यसले स्वास्थ्यमा गम्भीर असर पारिरहेकोतर्फ पनि सचेत हुनुपर्छ । खासमा सूर्योदय हुनु अघि नै उठ्नु स्वास्थ्यका दृष्टिले निक्कै राम्रो मानिन्छ । सूर्योदय अघिको समयलाई ब्रह्म मुहूर्त भनिन्छ ।

उठ्ने वित्तिकै तामाको भाँडाको पानी पिउँदा उत्तम

सूर्योदय अघि उठेर पानी पिउनु राम्रो मानिन्छ । यसलाई उशा पान पनि भन्ने गरिन्छ । बिहान पिइएको पानीले शरीरमा रहेको विकारलाई बाहिर पठाउन मद्दत गर्छ । त्यति मात्र होइन सवेरै पानी पिउँदा विभिन्न रोगबाट समेत बँच्न सकिन्छ । यसले हाम्रो त्वचा पनि राम्रो बनाउँछ । बिहानमा तामाको भाँडोमा राखेको पानी पिउनु सबै भन्दा उत्तम मानिन्छ ।

हत्केलाको दर्शन

बिहान उठ्ने वित्तिकै सबै भन्दा पहिलो काम हत्केलाको दर्शन गर्नु पर्छ भनेर ऋषिमुनीहरुले भनेका छन् । यसले हाम्रो दिनलाई शुभ बनाउने शास्त्रमा उल्लेख छ । हत्केलाको दर्शनपछि हामीले भूमिको दर्शन गर्नु अर्थात जमिनमा ढोग्नु राम्रो मानिन्छ । यसो गर्दा स्वास्थ्य र धन दुवै लाभ हुने बताइएको छ । बिहान सवेरै उठ्ने ब्यक्तिको अनुहारमा कान्ति हुने हुन्छ । यसले छालालाई राम्रो राख्छ भने छिटो बुढो देखिने समस्याबाट पनि मुक्ति दिन्छ ।

योग ध्यान तथा योगाभ्यास

बिहान उठ्ने वित्तिकै योगा वा ध्यान गर्नु उत्तम मानिन्छ । बिहानको हावा र वातावरण कम प्रदुषित हुने र तनाव पनि कम हुने हुँदा यो समयमा ध्यान गर्दा दिनभर दिमाग एकतृत गर्न सकिने विज्ञहरुको भनाइ छ । बिहानको हावा स्वास्थ्यवर्धक मानिन्छ । बिहान सवेरै उठेको ब्यक्ति दिनभर फ्रेस रहन्छ ।

शास्त्रले बिहान ढिला उठ्दा धेरै कुरा नकारात्मक हुन्छ । अरु उठ्नु अघि नै उठेर आफ्ना नित्य कर्म गर्ने ब्यक्तिलाई दिनभरी सकारात्मक विचार आउने र उर्जा कायम रहने शास्त्रमा उल्लेख छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : ४३ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै