बिहान उठेपछि नियमित गर्नुहोस् यी तीन काम, शरीरलाई फाइदै फाइदा « Khabarhub

बिहान उठेपछि नियमित गर्नुहोस् यी तीन काम, शरीरलाई फाइदै फाइदा


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बिहान सबेरै उठेर नित्यकर्म गर्नु मानव स्वास्थ्यका लागि लाभदायक मानिन्छ । शास्त्रमा भनिएका तथा उल्लेख गरिएका संस्कार पछिल्लो पुस्ताले बेवास्ता गरेपनि त्यसले मानव स्वास्थ्यमा असर पुर्‍याइएको हुन्छ ।

मानिसहरु ढिलो सम्म जागै बस्ने र बिहान ढिला सम्म सुत्ने चलन बढी छ । तर, यसले स्वास्थ्यमा गम्भीर असर पारिरहेकोतर्फ पनि सचेत हुनुपर्छ । खासमा सूर्योदय हुनु अघि नै उठ्नु स्वास्थ्यका दृष्टिले निक्कै राम्रो मानिन्छ । सूर्योदय अघिको समयलाई ब्रह्म मुहूर्त भनिन्छ ।

उठ्ने वित्तिकै तामाको भाँडाको पानी पिउँदा उत्तम

सूर्योदय अघि उठेर पानी पिउनु राम्रो मानिन्छ । यसलाई उशा पान पनि भन्ने गरिन्छ । बिहान पिइएको पानीले शरीरमा रहेको विकारलाई बाहिर पठाउन मद्दत गर्छ । त्यति मात्र होइन सवेरै पानी पिउँदा विभिन्न रोगबाट समेत बँच्न सकिन्छ । यसले हाम्रो त्वचा पनि राम्रो बनाउँछ । बिहानमा तामाको भाँडोमा राखेको पानी पिउनु सबै भन्दा उत्तम मानिन्छ ।

हत्केलाको दर्शन

बिहान उठ्ने वित्तिकै सबै भन्दा पहिलो काम हत्केलाको दर्शन गर्नु पर्छ भनेर ऋषिमुनीहरुले भनेका छन् । यसले हाम्रो दिनलाई शुभ बनाउने शास्त्रमा उल्लेख छ । हत्केलाको दर्शनपछि हामीले भूमिको दर्शन गर्नु अर्थात जमिनमा ढोग्नु राम्रो मानिन्छ । यसो गर्दा स्वास्थ्य र धन दुवै लाभ हुने बताइएको छ । बिहान सवेरै उठ्ने ब्यक्तिको अनुहारमा कान्ति हुने हुन्छ । यसले छालालाई राम्रो राख्छ भने छिटो बुढो देखिने समस्याबाट पनि मुक्ति दिन्छ ।

योग ध्यान तथा योगाभ्यास

बिहान उठ्ने वित्तिकै योगा वा ध्यान गर्नु उत्तम मानिन्छ । बिहानको हावा र वातावरण कम प्रदुषित हुने र तनाव पनि कम हुने हुँदा यो समयमा ध्यान गर्दा दिनभर दिमाग एकतृत गर्न सकिने विज्ञहरुको भनाइ छ । बिहानको हावा स्वास्थ्यवर्धक मानिन्छ । बिहान सवेरै उठेको ब्यक्ति दिनभर फ्रेस रहन्छ ।

शास्त्रले बिहान ढिला उठ्दा धेरै कुरा नकारात्मक हुन्छ । अरु उठ्नु अघि नै उठेर आफ्ना नित्य कर्म गर्ने ब्यक्तिलाई दिनभरी सकारात्मक विचार आउने र उर्जा कायम रहने शास्त्रमा उल्लेख छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : ४३ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग