घाम झुल्कनुअघि उठ्नु स्वास्थ्यका लागि सबैभन्दा राम्रो « Khabarhub

घाम झुल्कनुअघि उठ्नु स्वास्थ्यका लागि सबैभन्दा राम्रो


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको दैनिकी फरक फरक हुन्छ । राति अबेर सम्म काम गर्नुपर्ने बाध्यता धेरैको हुनसक्छ । तर नियमित दैनिकी भएकाहरुका लागि सबेरै उठ्नु सबैभन्दा धेरै स्वस्थकर हुने विभिन्न अध्ययनले देखाएको छ ।

यदी बिहान सबेरै उठेर तपाईंले ३ कुरालाई व्यवस्थापन गर्न सक्नुभयो भने शरीरमा स्फूर्ति बढ्नुका साथै रोगले आक्रमण गर्ने ठाउँ पनि कम मा पाउँछ । निरोगी र स्वस्थ बन्न ध्यान दिनुपर्ने ३ कुरा यि हुन् :

बिहानै तामाका भाँडाको पानी पिउनुस्

सूर्योदय अघि उठेर पानी पिउनु राम्रो मानिन्छ । यसलाई उशा पान पनि भन्ने गरिन्छ । बिहान पिइएको पानीले शरीरमा रहेको विकारलाई बाहिर पठाउन मद्दत गर्छ । त्यस्तै बिहानै तामाको भाडोको पानी पिउँदा विभिन्न रोगबाट समेत बँच्न सकिन्छ । यसले हाम्रो छालालाई पनि राम्रो बनाउँछ । तामाको भाँडोमा राखेको पानी पिउनु सबै भन्दा उत्तम मानिन्छ ।

हत्केलाको दर्शन गर्नुहोस्

बिहान उठ्ने वित्तिकै सबै भन्दा पहिलो काम हत्केलाको दर्शन गर्नु पर्ने धार्मिक विश्वास छ । यसले हाम्रो दिनलाई शुभ बनाउने शास्त्रमा उल्लेख छ । हत्केलाको दर्शनपछि हामीले भूमिको दर्शन गर्नु अर्थात जमिनमा ढोग्नु राम्रो मानिन्छ । यसो गर्दा स्वास्थ्य र धन दुवै लाभ हुने बताइएको छ । बिहान सवेरै उठ्ने ब्यक्तिको अनुहारमा कान्ति हुने हुन्छ । यसले छालालाई राम्रो राख्छ भने छिटो बुढो देखिने समस्याबाट पनि मुक्ति दिन्छ ।

योग ध्यान गर्नुहोस्

पछिल्लो समय योग फेसनकै रुपमा विकास भएको छ । तर यो स्वास्थ्यका लागि पनि फाइदाजनक छ । बिहान उठ्ने वित्तिकै योगा वा ध्यान गर्नु उत्तम मानिन्छ । बिहानको हावा र वातावरण कम प्रदुषित हुने र तनाव पनि कम हुने हुँदा यो समयमा ध्यान गर्दा दिनभर दिमाग एकतृत गर्न सकिने विज्ञहरुको भनाइ छ । बिहानको हावा स्वास्थ्यवर्धक मानिन्छ । बिहान सवेरै उठेको ब्यक्ति दिनभर फ्रेस रहन्छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : ३२ बजे

ओलीलाई सुब्बाले भने : एमाले कुनै व्यक्तिको निजी कम्पनी होइन

काठमाडौं – नेकपा एमालेभित्र नेतृत्वबारे गम्भीर बहस चर्किएको छ। पार्टीको

पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन