घाम झुल्कनुअघि उठ्नु स्वास्थ्यका लागि सबैभन्दा राम्रो « Khabarhub

घाम झुल्कनुअघि उठ्नु स्वास्थ्यका लागि सबैभन्दा राम्रो


२१ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मानिसको दैनिकी फरक फरक हुन्छ । राति अबेर सम्म काम गर्नुपर्ने बाध्यता धेरैको हुनसक्छ । तर नियमित दैनिकी भएकाहरुका लागि सबेरै उठ्नु सबैभन्दा धेरै स्वस्थकर हुने विभिन्न अध्ययनले देखाएको छ ।

यदी बिहान सबेरै उठेर तपाईंले ३ कुरालाई व्यवस्थापन गर्न सक्नुभयो भने शरीरमा स्फूर्ति बढ्नुका साथै रोगले आक्रमण गर्ने ठाउँ पनि कम मा पाउँछ । निरोगी र स्वस्थ बन्न ध्यान दिनुपर्ने ३ कुरा यि हुन् :

बिहानै तामाका भाँडाको पानी पिउनुस्

सूर्योदय अघि उठेर पानी पिउनु राम्रो मानिन्छ । यसलाई उशा पान पनि भन्ने गरिन्छ । बिहान पिइएको पानीले शरीरमा रहेको विकारलाई बाहिर पठाउन मद्दत गर्छ । त्यस्तै बिहानै तामाको भाडोको पानी पिउँदा विभिन्न रोगबाट समेत बँच्न सकिन्छ । यसले हाम्रो छालालाई पनि राम्रो बनाउँछ । तामाको भाँडोमा राखेको पानी पिउनु सबै भन्दा उत्तम मानिन्छ ।

हत्केलाको दर्शन गर्नुहोस्

बिहान उठ्ने वित्तिकै सबै भन्दा पहिलो काम हत्केलाको दर्शन गर्नु पर्ने धार्मिक विश्वास छ । यसले हाम्रो दिनलाई शुभ बनाउने शास्त्रमा उल्लेख छ । हत्केलाको दर्शनपछि हामीले भूमिको दर्शन गर्नु अर्थात जमिनमा ढोग्नु राम्रो मानिन्छ । यसो गर्दा स्वास्थ्य र धन दुवै लाभ हुने बताइएको छ । बिहान सवेरै उठ्ने ब्यक्तिको अनुहारमा कान्ति हुने हुन्छ । यसले छालालाई राम्रो राख्छ भने छिटो बुढो देखिने समस्याबाट पनि मुक्ति दिन्छ ।

योग ध्यान गर्नुहोस्

पछिल्लो समय योग फेसनकै रुपमा विकास भएको छ । तर यो स्वास्थ्यका लागि पनि फाइदाजनक छ । बिहान उठ्ने वित्तिकै योगा वा ध्यान गर्नु उत्तम मानिन्छ । बिहानको हावा र वातावरण कम प्रदुषित हुने र तनाव पनि कम हुने हुँदा यो समयमा ध्यान गर्दा दिनभर दिमाग एकतृत गर्न सकिने विज्ञहरुको भनाइ छ । बिहानको हावा स्वास्थ्यवर्धक मानिन्छ । बिहान सवेरै उठेको ब्यक्ति दिनभर फ्रेस रहन्छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार  ६ : ३२ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह