काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर « Khabarhub

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

खबरहब बन्यो ‘अफिसियल मिडिया पार्टनर’


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह प्रथम ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०२६’को ‘आधिकारिक मिडिया पार्टनर’ को रूपमा ‘खबरहब मिडिया’ रहने भएको छ ।

 बुधबार खबरहबको कार्यालयमा आयोजित एक समारोहकाबीच काठमाडौँ जलवायु कार्य सप्ताहको तर्फबाट प्रतिनिधित्व गर्ने संस्था ‘इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन’, ‘खबरहब मिडिया’ बीच औपचारिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीको मुख्य उद्देश्य र सहकार्यका क्षेत्रहरू

सम्पन्न समझदारीअनुसार आगामी मंसिर ७ गते (सन् २०२६ नोभेम्बर २३) देखि सुरु हुने प्रथम ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०२६’ का सम्पूर्ण गतिविधि, नीतिगत संवाद, वैज्ञानिक तथ्य र जनचेतनामूलक सन्देशहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रवाह गर्न खबरहबले मुख्य सञ्चार साझेदारको भूमिका निर्वाह गर्नेछ ।

समझदारीपत्रमा उल्लेख भएअनुसार दुवै संस्थाबीच निम्न मुख्य क्षेत्रहरूमा सहकार्य हुनेछ :

विशेष समाचार तथा सामग्री प्रकाशन: जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, वातावरणीय न्याय र सहरी उत्थानशीलता सम्बन्धी समाचार, खोजमूलक रिपोर्ट र आलेखहरूलाई खबरहबले उच्च प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्नेछ।

नीतिगत बहस र विशेष अन्तर्वार्ता: जलवायु विज्ञ, नीति निर्माता, स्थानीय सरकारका प्रतिनिधि, युवा तथा समुदायका आवाजलाई समेटेर विशेष संवाद, फिचर र अडियो–भिडियो अन्तर्वार्ताहरू तयार पारिनेछ।

मल्टिमिडिया कभरेज: सप्ताहव्यापी रूपमा सञ्चालन हुने प्रमुख सम्मेलन, कार्यशाला तथा जनसहभागितामूलक कार्यक्रमहरूको विशेष डिजिटल सामग्री उत्पादनमार्फत आम नागरिकसम्म प्रत्यक्ष पहुँच पुर्‍याइनेछ।

सचेतना र नागरिक सहभागिता अभिवृद्धि: जलवायु संकटको समाधानका लागि स्थानीय तथा परम्परागत ज्ञान, नवीन प्रविधि र नागरिक दायित्वबारे डिजिटल अभियानमार्फत जनचेतना जगाइनेछ।

सञ्चार र विज्ञानको सहकार्यले जलवायु अभियानमा नयाँ ऊर्जा थप्ने विश्वास

समझदारीपत्रमा हस्ताक्षर भएसँगै दुवै संस्थाका प्रतिनिधिहरूले जलवायु परिवर्तनको बढ्दो जोखिम न्यूनीकरणका लागि वैज्ञानिक अनुसन्धान र सशक्त सञ्चारमाध्यमबीचको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्।

इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (IHRR) , नेपाल का अनुसार वैज्ञानिक तथ्य, नीतिगत बहस र स्थानीय समुदायका भोगाइलाई आम नागरिक तथा निर्णयकर्तासम्म पुर्‍याउन खबरहबजस्तो प्रभावशाली र विश्वसनीय मिडियासँगको साझेदारीले ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०२६’ लाई ऐतिहासिक रूपमा सफल बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।

त्यस्तै, खबरहब मिडियाले सामाजिक उत्तरदायित्व र वातावरणीय संवेदनशीलतालाई आत्मसात् गर्दै नेपालको जलवायु अनुकूलन, विपद् व्यवस्थापन र दिगो विकासका एजेन्डालाई मूलधारको पत्रकारितामार्फत निरन्तर आवाज उठाउँदै आएको र यस सहकार्यले सो अभियानलाई थप संस्थागत गर्ने विश्वास व्यक्त गरेको छ ।

के हो ‘काठमाडौँ जलवायु कार्य सप्ताह ) २०२६’ ?

नेपालको राष्ट्रिय जलवायु सप्ताहको रूपमा आयोजना हुन लागेको ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०२६’ को आधिकारिक आयोजक सहर काठमाडौँ महानगरपालिका रहेको छ भने इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, नेपाल ले प्रमुख साझेदार तथा सचिवालयको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ। यसअघि गत असोज १६ गते (२ अक्टोबर २०२६) काठमाडौँ महानगरपालिका र आईएचआरआरबीच जलवायु सप्ताह आयोजना गर्नेसम्बन्धी औपचारिक सम्झौता भइसकेको छ।

आगामी मंसिर ७ गते (नोभेम्बर २३) देखि एक सातासम्म चल्ने यस बृहत् महाअभियान अन्तर्गत काठमाडौँ महानगरपालिकाका सभाहल, विद्यालय, खुला स्थान तथा ऐतिहासिक सम्पदा क्षेत्रहरूमा जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, हरित पूर्वाधार र सहरी उत्थानशीलतासम्बन्धी विविध कार्यशाला, प्रदर्शनी, युवा सम्मेलन र सामुदायिक अन्तरक्रियाहरू सञ्चालन गरिनेछन्।

स्वच्छ, स्वस्थ, हरियाली र जलवायु–उत्थानशील काठमाडौँ निर्माणका लागि सरकारी निकाय, विज्ञ, निजी क्षेत्र, सञ्चारजगत् र आम नागरिकलाई एउटै मञ्चमा जोड्नु यस सप्ताहको मूल ध्येय रहेको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ३ : २३ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह