लोकसभामा २३३ सांसदमाथि आपराधिक मुद्दा, मोदीको पार्टीका मात्रै ११६ जना « Khabarhub

लोकसभामा २३३ सांसदमाथि आपराधिक मुद्दा, मोदीको पार्टीका मात्रै ११६ जना


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको लोकसभाका नयाँ सांसदमध्ये झण्डै आधाविरुद्ध आपराधिक मुद्दा लागेको एक अध्ययनले देखाएको छ ।

सांसदमाथिको आपराधिक मुद्दाको यो दर सन् २०१४ को भन्दा २६ प्रतिशत बढी हो । ‘एशोसियसन अफ डेमोक्रेटिक रिफर्म (एडीआर) नामक गैर सरकारी संस्थाले गरेको अध्ययन अनुसार ५ सय ३९ विजयी उम्मेद्वारमध्ये २ सय ३३ अथार्त ४३ प्रतिशतलाई आपराधिक मुद्दा लागेको छ ।

पार्टीगत रुपमा हेर्दा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ११६ सांसदमाथि आपराधिक मुद्दा रहेको छ । त्यो उसको कुल विजयी सांसदको ३९ प्रतिशत हो । त्यस्तै कांग्रेसका २९ जना माथि अदालतमा मुद्दा चलिरहेको छ । सबैभन्दा धेरै मुद्दा लागेका सांसद जेडीयूका छन् ।

नितिश कुमारको पार्टीका कूल विजयीमध्य ८१ प्रतिशत अर्थात १० सांसदमाथि आपराधिक मुद्दा छ । त्यसबाहेक डीएमकेका १० जना (४३ प्रतिशत), टीएमसीका नौ जना(४ प्रतिशत) सांसद पनि विभिन्न आपराधिक मुद्दामा मुछिएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ७ : २९ बजे

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६