एनसेलको पूँजीगत लाभकर विवाद सर्वोच्चको बृहत् पूर्ण इजलाशमा « Khabarhub

एनसेलको पूँजीगत लाभकर विवाद सर्वोच्चको बृहत् पूर्ण इजलाशमा


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलको लाभकर विवादसम्बन्धी मुद्दाको आज सुनुवाइ हुँदैछ । सर्वोच्चका ५ जना न्यायाधीशहरुको वृहत पूर्ण इजलाशमा पुँजीगत लाभकर विवादसम्बन्धी मुद्दाको सुनुवाइ हुन लागेको हो ।

न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुरमा शर्माको बृहत पूर्ण इजलाशमा मुद्दाको सुनुवाइ हुन लागेको हो । यसअघि सर्वोच्चले माघ २३ गते ३ महिनाभित्र एनसेलबाट पुजीगत लाभकर उठाउन सरकारका नाममा आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदशेपछि ठुला करदाता कार्यालयले एकसाताभित्र बैशाख ३ गते ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ लाभकर निर्धारण गर्दै एकसाताभित्र कर चुक्ता गर्न पत्राचार गरेको थियो । तर, कार्यालयले निर्धारण गरेको कर नमिल्दो भएको भन्दै बैशाख ९ गते एनसेलले सर्वोच्चमा रिट दायर गरेको थियो ।

रिटको सुनुवाइ गर्दै बैशाख १२ गते न्यायाधीश द्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलाशले मुद्दाको सुनुवाइका लागि पूर्ण इजलाशमा पठाउने आदेश जारी गरेको थियो । सर्वोच्चको यसअघिकै आदेशबमोजिम सर्वोच्चले ५ जना न्यायाधीश सम्मिलित वृहत पूर्ण इजलाश गठन गरेको हो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ११ : १७ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा