युट्युबमा प्रांन्क गर्दा १५ महिना जेल सजाय « Khabarhub

युट्युबमा प्रांन्क गर्दा १५ महिना जेल सजाय


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- घरविहीन व्यक्तिलाई बिस्कुटमा दन्तमन्जन राखेर खान दिएर झुक्याएको अभियोगमा एक युटुबरलाई १५ महिनाको जेल सजाय सुनाइएको छ । यो घटना स्पेनको हो । स्पेनिस ब्लगर कान्घ रेनले नैतिकताको उल्लंघन गर्दै सन् २०१७ मा घरविहीन व्यक्तिमाथि प्रा‌ंन्क (मजाक भिडियो बनाउनु) गरेका थिए ।

बार्सिलोनास्थित अदालतले ब्लगर रेनको युट्युब च्यानल पूर्ण रुप बन्द गर्न आदेश दिँदै आगामी सन् २०२४ सम्म कुनै पनि भिडियो पोस्ट गर्न नपाउने निर्णय सुनाएको छ ।

यस्तै गरी रनले पीडित व्यक्तिलाई २० हजार युरो क्षतिपूर्ति तिर्नु पर्ने पनि अदालतले आदेश दिएको छ । रेनले भिडियोमा मजाक गरेका घरविहीन ति व्यक्तिको पनि पहिचान खुलेको छ ।

ति व्यक्ति रोमानियन जर्ज एल रहेको र बार्सिलोना आउनु अघि उनी गोठालोको काम गर्ने गरेको स्पेनिस सञ्चारमाध्यमहरुले जनाएका चन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १२ : ३७ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध