बेलायतमा रहेका ट्रम्पले मेलाई भेट्दै, ट्रम्पविरुद्ध विशाल प्रदर्शन हुने « Khabarhub

बेलायतमा रहेका ट्रम्पले मेलाई भेट्दै, ट्रम्पविरुद्ध विशाल प्रदर्शन हुने


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– हाल बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री टेरिजा मेलाई भेट्दैछन् ।

बेलायत भ्रमणको दोश्रो दिन राष्ट्रपति ट्रम्पले मंगलबार प्रधानमन्त्रीमेसँग भेटवार्ता गर्न लागेका हुन् ।

भेटवार्ताका क्रममा दुई नेताबीच बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिट, चिनियाँ प्राविधिक कम्पनी हुवावेले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा जलवायु परिवर्तन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।

त्यसबाहेक द्विपक्षीय सम्बन्ध, व्यापार तथा पछिल्ला विकसित घटनाक्रमबारे समेत छलफल हुनेछ । यसअघि सोमबार राष्ट्रपति ट्रम्पले बकिंघम दरबारको भ्रमण गरी बेलायती महारानी एलिजावेथ द्वितीयलगायत राजपरिवारका अन्य सदस्यसँग भेट गरेका थिए ।

ट्रम्पले उक्त कार्यक्रममा अमेरिका र बेलायतबीच रहेको ‘अनन्त मित्रता’ को प्रशंसा गरेका थिए । ट्रम्पले यही मित्रताका कारण बेलायत र अमेरिकाका जनताले दशकौंदेखि सुरक्षा र समृद्धीको आभाष गरेको टिप्पणी गरेका थिए ।

यसैबीच ट्रम्पको भ्रमण विरुद्ध राजधानी लण्डन सहित बेलायतका विभिन्न शहरमा व्यापक प्रदर्शनको कार्यक्रम छ । बेलायतका अधिकांश ठूला शहरमा आयोजना गरिएको प्रदर्शनमा दशौं लाख मानिसहरुको सहभागिता रहने अनुमान गरिएको छ ।

लण्डनको ट्राफल्गार चोकको प्रदर्शनमा विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बेनले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति ट्रम्प रंगभेदी रहेको, मुसलमानविरुद्धको भावना राख्ने, उनले बेलायती प्रजातन्त्रमा हस्तक्षेप गरेको तथा लण्डनका मेयर सदिक खानविरुद्ध कठोर टिप्पणी गरेको भन्दै प्रदर्शन गर्न लागिएको हो ।

यसका लागि लण्डन शहरमा ट्रम्पको विशाल पुतला समेत उडाइने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १ : ४९ बजे

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले