विदेशबाट ल्याउने सुनको भन्सार बढयो | Khabarhub Khabarhub

विदेशबाट ल्याउने सुनको भन्सार बढयो


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विदेशबाट ल्याइने सुनको भन्सारदर बढाएको छ । नयाँ व्यवस्था अनुसार अब भन्सार तिरेर १ सय ५० ग्राम सुनका गहना ल्याउन पाउने व्यवस्था गरिएको छ । सरकारले जारी गरेको आर्थिक अध्यादेशमार्फत सुनको भन्सार दर बढाएको हो । साथ विदेशबाट आउँदा ल्याउन पाउने सुनको गहनाको परिमाणमा पनि सरकारले बढाएको छ ।

सरकारले विदेशबाट नेपाल फर्किदाँ लिएर आउने सुनको भन्सार शुल्क बढाएको छ । भने विदेशबाट नेपालमा आउने नेपाली नागरिकले ल्याउन पाउने सुनको परिमाण पनि बढेको छ । देशबाट सुन लिएर आउने व्यक्तिले ५० ग्रामसम्म प्रति १० ग्राम ६ हजार २ सय भन्सार तिर्नुपर्ने भएको छ ।

यसअघि प्रति १० ग्राम ५ हजार २ सय मात्र भन्सार तिदै आएका थिए । यस्तै, ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम ७ हजार २ सय भन्सार महशुल तिर्नुपर्ने भएको छ । गत बर्ष सो शुल्क ६ हजार २ सय थियो । यसरी विदेशबाट आउनेले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा अव भन्सार महशुल वापत ६७ हजार भन्सार तिर्नुपर्ने छ ।

आगामी साउनदेखि विदेशबाट आउने नेपालीले ५० ग्रामसम्मका सुनका गहनामा कुनै भन्सार शुल्क लाग्ने छैन । यस्तो व्यवस्था योभन्दा अघि पनि थियो । आर्थिक विधेयक मार्फत सरकारले थप १ सय ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था गरेको छ । जसमध्ये ५० ग्राम भन्दा बढी १ सय ग्रामसम्मको सुनको गहनामा प्रति १० ग्राम ७ हजार २ सय भन्सार तिर्नुपर्नेछ ।

यसैगरी थप १ सय ग्रामसम्म सुनका गहना प्रति १० ग्राम ९ हजार भन्सार तिरेर ल्याउन पाइने छ । यसरी कुनै व्यक्तिले विदेशबाट आउँदा २ सय ग्राम सुनको गहना ल्याएको भएमा पहिलो ५० ग्रामको कुनै भन्सार महशुल तिर्नुपर्ने छैन । बाँकी १ सय ५० ग्राम सुनको गहनाको जम्मा भन्सार महशुल ८१ हजार तिर्नुपर्नेछ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  २ : ०१ बजे

म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने ? : रवि लामिछाने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका राष्ट्रिय

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको

सभापति लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको

मानव स्वास्थ्यका लागि योग : केही अभ्यास (तस्बिरहरू)

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै