महागठबन्धन भाँडियो « Khabarhub

महागठबन्धन भाँडियो


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनउ-भारतको उत्तर प्रदशेमा निकै प्रभावशाली मानिने दुई राजनीतिक दलहरु बहुजन समाज पार्टी तथा समाजवादी पार्टीबीच आम निर्वाचन अघि गठन भएको ‘महागठबन्धन’ तोडिएको छ ।

बहुजन समाज पार्टीकी नेतृ मायावतीले आगामी विधानसभा उपनिर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने घोषणा गरेसँगै महागठबन्धनमा आबद्ध दुई पार्टीबीचको सहकार्य भाँडिएको हो ।

यद्यपि मायावतीले भविष्यमा दुई पार्टीबीच हुनसक्ने गठबन्धनको सम्भावना भने जिवितै रहेको जनाएकी छिन् । मायावतीको घोषणालगत्तै समाजवादी पार्टीका नेता अखिलेश यादवले पनि आगामी उपनिर्वाचनमा आफ्नो पार्टी पनि एक्लै लड्ने घोषणा गरेका छन् ।

चुनावअघि समाजवादी पार्टी, बहुजन समाज पार्टी लगायतका क्षेत्रीय राजनीतिक दल मिलेर महागठबन्धनको स्थापना गरी चुनाव लडेका थिए । तर, चुनावमा समाजवादी पार्टी तथा बहुजन समाज पार्टी दुबैले अपेक्षा अनुसार सिट जित्न नसकेपछि दुई पार्टीबीच मनमुटाव शुरु भएको समाचार सार्वजनिक भएको थियो ।

उत्तर प्रदेशमा गठबन्धन गरी चुनाव लडेका ८० सिट मध्ये महागठबन्धनले केबल १५ सिट जितेको थियो भने सत्तारुढ भारतीय जनता पार्टी भाजपाले ६२ सिट जितेको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  २ : ०९ बजे

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६