महागठबन्धन भाँडियो « Khabarhub

महागठबन्धन भाँडियो


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनउ-भारतको उत्तर प्रदशेमा निकै प्रभावशाली मानिने दुई राजनीतिक दलहरु बहुजन समाज पार्टी तथा समाजवादी पार्टीबीच आम निर्वाचन अघि गठन भएको ‘महागठबन्धन’ तोडिएको छ ।

बहुजन समाज पार्टीकी नेतृ मायावतीले आगामी विधानसभा उपनिर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने घोषणा गरेसँगै महागठबन्धनमा आबद्ध दुई पार्टीबीचको सहकार्य भाँडिएको हो ।

यद्यपि मायावतीले भविष्यमा दुई पार्टीबीच हुनसक्ने गठबन्धनको सम्भावना भने जिवितै रहेको जनाएकी छिन् । मायावतीको घोषणालगत्तै समाजवादी पार्टीका नेता अखिलेश यादवले पनि आगामी उपनिर्वाचनमा आफ्नो पार्टी पनि एक्लै लड्ने घोषणा गरेका छन् ।

चुनावअघि समाजवादी पार्टी, बहुजन समाज पार्टी लगायतका क्षेत्रीय राजनीतिक दल मिलेर महागठबन्धनको स्थापना गरी चुनाव लडेका थिए । तर, चुनावमा समाजवादी पार्टी तथा बहुजन समाज पार्टी दुबैले अपेक्षा अनुसार सिट जित्न नसकेपछि दुई पार्टीबीच मनमुटाव शुरु भएको समाचार सार्वजनिक भएको थियो ।

उत्तर प्रदेशमा गठबन्धन गरी चुनाव लडेका ८० सिट मध्ये महागठबन्धनले केबल १५ सिट जितेको थियो भने सत्तारुढ भारतीय जनता पार्टी भाजपाले ६२ सिट जितेको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  २ : ०९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी