कोइराला निवासको सुरक्षाका लागि महानगरपालिकाले खटायो नगर रक्षक | Khabarhub Khabarhub

कोइराला निवासको सुरक्षाका लागि महानगरपालिकाले खटायो नगर रक्षक


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– गृह मन्त्रालयले विराटनगरस्थित कोइराला निबासबाट सशस्त्र प्रहरी बलको टुकडी हटाएपछि विराटनगर महानगरपालिकाले नगर रक्षक (नगर प्रहरी) परिचालन गरेको छ ।

नेपालको राजनीतिक इतिहाससँग जोडिएको कोइराला निवासको सुरक्षाका लागि भन्दै महानगरपालिकाले नगर रक्षक परिचालन गरेको हो ।

गृह मन्त्रालयको आदेशानुसार सशस्त्र प्रहरी बलको टुकडी गत बिहीबार कोइराला निवासबाट फिर्ता भएको थियो । सशस्त्रको टुकडी फिर्ता भएपछि सुरक्षाविहीन भएको कोइराला निवासमा मंगलबारदेखि नगर प्रहरी परिचालन गरिएको हो ।

तत्कालीन सरकारले सुरक्षा चुनौती देखिएको भन्दै २०५४ सालमा नेपाल प्रहरीको विशेष टुकडी कोइराला निवासको सुरक्षामा परिचालन गरेको थियो । सशस्त्र द्वन्द्वका बेला २०५४ सालमा निवासलाई लक्षित गरी सुतली बम विस्फोट गराइए पछि निवासको सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएको थियो ।

पछि कोइराला निवासको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको एक टुकडी परिचालन गरिएको थियो । हाल सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई)को नेतृत्वमा १४ जना सुरक्षाकर्मी निवासको सुरक्षाका लागि खटाइएका थिए ।

गत बिहीबार आफूहरुलाई फिर्ता हुन पत्र आएको भन्दै सबै सुरक्षाकर्मी फिर्ता भएका कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

थपलियाका अनुसार सुरक्षाकर्मी हटाइएको बारे स्थानीय प्रशासन र सरकारको ध्यानाकर्षण गराएपनि सुनुवाइ भएको छैन । स्थानीय प्रशासनले भने सुरक्षाकर्मी हटाइएकोबारे जानकारी नभएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका एक अधिकारीले गृह मन्त्रालय र सशस्त्र प्रहरी मुख्यालयले फिर्ता बोलाएकाले सशस्त्र प्रहरीको टुकडी फिर्ता गएको बताए ।

मुलुकका तीनजना प्रधानमन्त्री मातृका, बीपी र गिरिजाको बाल्यकाल कोइराला निवासमै वितेको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रत्यक्ष साक्षी मानिएको कोइराला निवासलाई संग्रहालय बनाउने विषय पनि चर्चामा थियो ।

हाल पनि नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जानकारी लिन चाहने नेपाली र विदेशीहरु कोइराला निबास पुग्ने गरेका छन् ।

प्रजातान्त्रिक आन्दोलनको जीवित पहिचानको रुपमा रहेको कोइराला निवासबाट सुरक्षाकर्मी हटाउने सरकारी निर्णयप्रति भने स्थानीयले आपत्ति जनाएका छन् ।

केही स्थानीयले कोइराला निवासबाट फिर्ता गरिएका सुरक्षाकर्मीलाई पुनः सोही टाउँमा खटाइनुपर्ने भन्दै स्थानीय प्रशासनमार्फत सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

गृह मन्त्रालयका अधिकारीहरुले भने कोइराला निबासबाट सुरक्षाकर्मी हटाइएको विषयमा औपचारिक धारणा दिन मानेका छैनन् । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका एक अधिकारीले कोइराला निवासबाट सुरक्षाकर्मी हटाइनुको कारणबारे आफूलाई जानकारी नभएको बताए ।

‘मिडियामा समाचार आएपछि मात्रै मैले पनि कोइराला निवासबाट सुरक्षाकर्मी हटाइएको भन्नेबारेमा जानकारी पाएको हुँ,’ खबरहबको सम्पर्कमा आएका ती अधिकारीले भने, ‘तर, यसबारे मलाई आधिकारिक रुपमा कुनै जानकारी छैन । सुरक्षाकर्मी हटाउनुपर्ने भए स्थानीय प्रशासनको सिफारिसमा गृह मन्त्रालयले निर्णय गर्नुपर्ने हो । त्यस्तो भएको हो कि हैन, थाहा छैन ।’

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  २ : २२ बजे

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल

कञ्चनजङ्घा आधार शिविरमा पहिलो साहसिक साइक्लिङ

ताप्लेजुङ – ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविरमा असम्भव ठानिदै आएको ‘साहसिक

उधारै सम्झौतामा सकियो शिक्षक आन्दोलन

काठमाडौं– विगत २९ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गर्दै आएका शिक्षकहरु

गृहमन्त्रीले शिक्षकलाई भने : तपाईंहरुले जित्नुभयो

काठमाडौं – गृहमन्त्री रमेश लेखकले शिक्षकले आफ्नो लडाइँमा जित हात

पोखरा एयरपोर्ट प्रतिवेदन : निर्णय प्रक्रियामा धेरै सहभागी, निश्चितलाई मात्रै दोषी करारको प्रयत्न

काठमाडौं– सार्वजनिक लेखा समितिअन्तर्गत राजेन्द्रप्रसाद लिङ्देन नेतृत्वको अध्ययन समितिले पोखरा