विश्वकप क्रिकेट– अफगानिस्तानविरुद्ध टस हारेर ब्याटिङ गर्दै श्रीलंका « Khabarhub

विश्वकप क्रिकेट– अफगानिस्तानविरुद्ध टस हारेर ब्याटिङ गर्दै श्रीलंका


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत म‌ंगलबारको खेलमा अफगानिस्तानविरुद्ध श्रीलंकाले ब्याटिङ गर्ने भएको छ । अफगानिस्तानसँग टस हारेको श्रीलंकाले ब्याटिङको निम्तो पाएको हो ।

वेल्सको कार्डिफ रंगशालामा हुने खेलमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि श्रीलंकाले ब्याटिङ पाएको हो ।

यसअघि समान एकएक खेल खेलेका श्रीलंका र अफगानिस्तान दुवै टोलीले हार व्यहोरेका छन् ।

म‌गलबारको खेलमा दुवै टोली एक अर्काविरुद्ध जीतको खोजिमा रहेका छन् । यता, श्रीलंकाका लिजेन्ड्री बलर लासिथ मालिङ्गाले आफ्नो टोलीले अफगानिस्तानविरुद्ध राम्रो खेल्दै विश्वकपमा राम्रो कमब्याक गर्ने बताएका छन् ।

अफगानिस्तानको टिम: गुलबदीन नाइब (कप्तान), मोहम्मद सहजाद, हज्रतुल्लाह जजाई, रहमत शाह, हसमतुल्लाह शाहिदी, नाजिवुल्लाह ज्रदान, मोहम्मद नाबी,  राशिद खान, दवालत जडान, मुजिव उर रहमान, हमिद हसन

श्रीलंकाको टिम: दिमुथ कुरणरत्ने (कप्तान),लहिरु तिरिमने,कुशल परेरा,कुशल मेनिडस,एन्जिलो मेथ्युज,धनन्जय डी शिल्भा,थिसेरा परेरा,नुवान प्रदीप,सुरुङ्गा लकमल, इसरु उडाना र लाथिस मलिङ्गा

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ३ : ०८ बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने