काठमाडौंमा ‘ड्रग्स’को खेती– मकै बारीमा गाँजाको बोटलाई मलजल ! « Khabarhub

काठमाडौंमा ‘ड्रग्स’को खेती– मकै बारीमा गाँजाको बोटलाई मलजल !


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको लागू औषध नियन्त्र ब्यूरो (एनसीबी)ले सोमबार काठमाडौंमा गाँजा नियन्त्रण अभियान चलायो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ अन्तर्गत पर्ने चािलउने, गौरीगाउँ, माझगाउँ, कुने, खत्री टोललगायतमा प्रहरीले विशेष अभियान चलाएर गाँजा नस्ट गर्‍यो ।

सोमबार विहान ९ बजेदेखि साँझ १५ बजेसम्म प्रहरीले गोकर्णेश्वर नगरपालिकाका विभिन्न गाउँमा गाँजा नियन्त्रण अभियान चलाएको थियो ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तकुमार लामाको नेतृत्वमा गाँजा नियन्त्रण गर्न खटिएको टोलीका सदस्य त्यतिबेला अचम्ममा परे, जब स्थानीयले मकै बारमी गाँजा खेती गरेको देखे ।

‘मकै बारीमा गाँजा खेती गर्नुले हामीलाई पनि अचम्ममा पारेको छ,’ गाँजा नियन्त्रणमा खटिएको टोलीका एक सदस्यले भने, ‘यसले हाम्रो सामाजिक चरित्र पनि देखाउँछ ।’

प्रहरीका अनुसार धेरै ठाउँमा स्थानीयले मकै बारीमा मलजल गरेर गाँजा खेती गरेका थिए । पातलो–पातलो गरेर लगाइएका मकैका बोटभन्दा बढी गाँजाको बोटमा मलजल गरेको देखिएको प्रहरी अधिकारीले बताए ।

‘धेरै ठाउँमा स्थानीयले मकैभन्दा गाँजा खेतीमा बढी जोड गरेको देखियो,’ लागू औषध नियन्त्रण ब्यूरोका एसएसपी लामाले भने, ‘यस विषयमा हामीले थप अनुसन्धान पनि गरिरहेका छौं ।’

ब्यूरोले गाँजा नियन्त्रणको अभियानलाई थप प्रभावकारी बनाउने एसएसपी लामाले बताए ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ४ : ०० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु