काठमाडौंमा ‘ड्रग्स’को खेती– मकै बारीमा गाँजाको बोटलाई मलजल ! « Khabarhub

काठमाडौंमा ‘ड्रग्स’को खेती– मकै बारीमा गाँजाको बोटलाई मलजल !


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको लागू औषध नियन्त्र ब्यूरो (एनसीबी)ले सोमबार काठमाडौंमा गाँजा नियन्त्रण अभियान चलायो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ अन्तर्गत पर्ने चािलउने, गौरीगाउँ, माझगाउँ, कुने, खत्री टोललगायतमा प्रहरीले विशेष अभियान चलाएर गाँजा नस्ट गर्‍यो ।

सोमबार विहान ९ बजेदेखि साँझ १५ बजेसम्म प्रहरीले गोकर्णेश्वर नगरपालिकाका विभिन्न गाउँमा गाँजा नियन्त्रण अभियान चलाएको थियो ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तकुमार लामाको नेतृत्वमा गाँजा नियन्त्रण गर्न खटिएको टोलीका सदस्य त्यतिबेला अचम्ममा परे, जब स्थानीयले मकै बारमी गाँजा खेती गरेको देखे ।

‘मकै बारीमा गाँजा खेती गर्नुले हामीलाई पनि अचम्ममा पारेको छ,’ गाँजा नियन्त्रणमा खटिएको टोलीका एक सदस्यले भने, ‘यसले हाम्रो सामाजिक चरित्र पनि देखाउँछ ।’

प्रहरीका अनुसार धेरै ठाउँमा स्थानीयले मकै बारीमा मलजल गरेर गाँजा खेती गरेका थिए । पातलो–पातलो गरेर लगाइएका मकैका बोटभन्दा बढी गाँजाको बोटमा मलजल गरेको देखिएको प्रहरी अधिकारीले बताए ।

‘धेरै ठाउँमा स्थानीयले मकैभन्दा गाँजा खेतीमा बढी जोड गरेको देखियो,’ लागू औषध नियन्त्रण ब्यूरोका एसएसपी लामाले भने, ‘यस विषयमा हामीले थप अनुसन्धान पनि गरिरहेका छौं ।’

ब्यूरोले गाँजा नियन्त्रणको अभियानलाई थप प्रभावकारी बनाउने एसएसपी लामाले बताए ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ४ : ०० बजे

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली

युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो

काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब