प्रितम र आयुष ‘सारेगामापा लिटिल च्याम्प्स’ को फाइनलमा « Khabarhub

प्रितम र आयुष ‘सारेगामापा लिटिल च्याम्प्स’ को फाइनलमा


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय टेलिभिजन जीटीभीबाट प्रसारण हुने ‘सारेगामापा लिटिल च्याप्स’ को २०१९ संस्करणमा आयुष केसी र प्रितम आचार्य फाइनलमा पुगेका छन् । यी दुवै नेपाली प्रतिभा हुन् ।

टेलिभिजनबाट आइतवार प्रसारण भएको शृङ्खलामा आयुषले दिएको प्रस्तुतिबाट उत्कृष्ट प्रतिक्रिया पाए । उनले गाएको तुम मिले बोलको गीतले निर्णायकको दिल जितेको थियो । त्यस्तै इटहरीका ११ वर्षीय बालगायक प्रितमलेलुट गए बोलको गीत गाएका थिए । उनको गीत सुन्दा पूरै माहोल स्तब्ध बनेको थियो ।

प्रितम र आयुष दुवै फाइनलमा पुगेपछि नेपाली फ्यान पनि खुशी भएका छन् । प्रितमलाई सानैदेखि संगीतमा रुचि थियो । उनी लामो समयदेखि संगीत सिकिरहेका थिए । आयुषको घर सिन्धुपाल्चोक भए पनि उनी भक्तपुरमा बसेर पढ्दै आएका थिए । आयुषको पनि सानोदेखि नै गीत संगीतमा रुचि थियो । परिवारका अनुसार आयुषले संगीत सिक्न छोडेको ५ वर्ष भयो ।

प्रितम र आयुषले भारतका २० हजार प्रतिस्पर्धीलाई पछि पार्दै यी दुई फाइनलमा पुगेका हुन् । नेपाली प्रतिस्पर्धी फाइनलमा पुगेपछि यो शो नेपालमा समेत चर्चामा छ । यसअघि एक डान्सिङ रियालिटी शो मा नेपाली चेली तेरिया मगरले उपाधी जितेकी थिइन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ४ : ०१ बजे

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने

एजेन्सी – बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा