यस्ता पनि हेडमास्टर– लेखापालको हस्ताक्षर किर्ते गरेर ८ लाख झ्वाम ! | Khabarhub Khabarhub

यस्ता पनि हेडमास्टर– लेखापालको हस्ताक्षर किर्ते गरेर ८ लाख झ्वाम !


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको राम्नाकोटस्थित जनता माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक जयलाल न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन प्रधानाध्यापक न्यौपानेले २०७० मंसिरदेखि २०७२ भाद्रसम्म शिक्षकको तलब, विद्यार्थीको छात्रबृत्ति, दिवा खाजा तथा विद्यालय भवनको निर्माण गर्ने ज्यामिका ज्यालाबापतको रकम हिनामिना गरेको आरोपमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार तत्कालीन प्रधानाध्यापक न्यौपानेले विद्यालयका लेखापालको हस्ताक्ष किर्ते गरी विद्यालयको खाताबाट रकम झिकि अनियमितता गरेका हुन् । न्यौपानेले विद्यालयको खाताबाट १७ लाख ४६ हजार ७ सय ३१ रुपैयाँ झिकेका थिए । जसमध्ये ९ लाख १५ हजार खातामा जम्मा गरेकोमा बाँकी ८ लाख ३१ हजार ७ सय ३१ रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले न्यौपानेविरुद्ध ८ लाख ३१ हजार ७ सय ३१ रुपैयाँ बिगो तथा जरिवाना र सजाय मागदावी गर्दै मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ५ : ४३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’