सन् २०२३ को एसियन कप चीनले आयोजना गर्ने « Khabarhub

सन् २०२३ को एसियन कप चीनले आयोजना गर्ने


२१ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसियाली राष्ट्रहरुले प्रतिस्पर्धा गर्ने फुटबलको सर्वाधिक ठूलो प्रतियोगिता एएफसी एसियन कप फुटबलको १८ औं संस्करण चीनमा आयोजना हुने भएको छ ।

मंगलबार फ्रान्सको पेरिसमा बसेको एसियन फुटबल कन्फडेरेसन (एएफसी) को बैठकले एसियन कप आयोजनाको जिम्मा चीनलाई दिएको हो । सन् २०२३ मा दोस्रो पटक एसियन कपको आयोजना गर्न लागेको चीनले यसअघि सन् २००४ मा आयोजना गरेको थियो ।

प्रतियोगिता यसअघि दक्षिण कोरियामा हुने भनिएपनि कोरियापछि हटेपछि चीनले आयोजनाको जिम्मा पाएको हो । चीनमा आयोजना हुने एसियन कपमा २४ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

युएईमा सम्पन्न १७ औं संस्करणको प्रतियोगिताबाट २४ टोलीलाई सहभागिता गराउन थालिएको हो । युएई संस्करणको उपाधि कतारले जितेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार  ६ : २५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका