रोजगारमुखी कार्यक्रम ल्याउन प्रदेश सरकारलाई सुझाव « Khabarhub

रोजगारमुखी कार्यक्रम ल्याउन प्रदेश सरकारलाई सुझाव


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीबाट प्रतिनिधित्व गर्ने संघीय सांसदले १० वर्षभित्र समृद्ध प्रदेश निर्माण गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित सुझाव सङ्कलन कार्यक्रममा प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदले उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याउन सुझाव दिएका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले जनताको जीवनमा परिवर्तन देखिने गरी सरकारलाई काम गर्न सुझाव दिए । तथ्याङ्कमा देखाएर मात्र नहुने भन्दै बजेट खर्चको प्रभाव जनताको जीवनस्तरमा देखिनुपर्ने उनको भनाइ थियो ।

दैलेख १ का प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले महत्वकांक्षीभन्दा पनि प्रदेशको वस्तुगत आवश्यकता नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने बताए । उनले कर्मचारी प्रशासनलाई विश्वासमा लिएर काम गर्न सुझाव दिए । राष्ट्रियसभाका सांसद जीवन बुढाले कर्मचारी, कानून र संरचना अभावका बीच प्रदेश सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक रहेको दाबी गरे ।

दैलेख २ का प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा उत्पादनमूलक आयोजना समावेश गर्न जोड दिए । कार्यक्रममा सांसदले कर्णालीमा रहेको जलविद्युत्, पर्यटन, कृषि, खनिज र जडीबुटीको उचित परिचालनले प्रदेशको आर्थिक समृद्धि सम्भव भएको बताउँदै कार्यान्वयनमुखी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका थिए । कर्णालीको विकासका लागि आफूले केन्द्र सरकारसँग आवश्यक दबाब सिर्जना गरिरहेको संघीय सांंसदको भनाइ थियो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै क्षेत्रको रायसुझाव लिएर प्रदेश सरकारले कर्णालीको समृद्धिको खाकासहितको नीति तथा कार्यक्रम ल्याउने बताए । उनले चालू आवमा कानून, संरचना र कर्मचारी अभावका कारण जनताको अपेक्षाबमोजिम विकास बजेट खर्च गर्न नसकेको प्रष्ट पारे । उनले आगामी वर्ष ठूला र परिणाममुखी योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ७ : ०५ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,