म्युजिक भिडियोमा ऋषि धमला « Khabarhub

म्युजिक भिडियोमा ऋषि धमला


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार ऋषि धमला म्युजिक भिडियोमा देखिएका छन् । ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘आमा बाबा’ बोलको गीतमा उनलाई पिताको भूमिकामा देख्न सकिन्छ ।

नोरेन श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा धमलाले गरेको अभिनय रुचाइएको छ । यस्तै भिडियोमा कविता आलेलाई आमाको भूमिकामा देखाइएको छ भने युडी गुप्ताले छोराको भूमिकामा अभिनय गरेका छन् ।

विदेशमा गएर ज्यान गुमाउने नेपालीको कथालाई भिडियोमा कथावस्तु बनाइएको छ । धमलाले यसअघि पनि म्युजिक भिडियोमा अभिनय गरेका थिए । उनले आफ्नी पत्नी एलिजा गौतमलाई नायिका लिएर ‘अनुराग’ फिल्म निर्माण गरेका थिए । उक्त फिल्म भने व्यावसायिक रुपमा सफल हुन सकेन ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ७ : २१ बजे

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा