निर्वाचित वडाध्यक्ष २ लाख ७५ हजार घुस लिँदा लिँदै रंगेहात पक्राउ « Khabarhub

निर्वाचित वडाध्यक्ष २ लाख ७५ हजार घुस लिँदा लिँदै रंगेहात पक्राउ


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् ।

वडा नम्बर ६ का निर्वाचित वडाध्यक्ष रामजीप्रसाद बरै २ लाख ७५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।

वडाध्यक्ष बरैले सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बुबुआइनको कम्पाउण्ड वाल बनाउन उपभोक्त समिति काम शुरु गर्ने बहानामा घुस मागेका थिए ।

वडाध्यक्ष बरैले घुस मागिरहेको भन्ने पूर्वसूचनाका आधारमा अख्तियार दुरुपायोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट गएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

वडाध्यक्ष बरैसहित उनकै वडाका अर्का एक जना मुसहर बैठालाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।

दुवैजनालाई घुस लिँदा लिँदै बाराको कलैया उपमहानगरपालिका–७ स्थित दूर्गा माध्यमिक विद्यालयका हाताबाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ८ : ३७ बजे

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल