आफवाहले हैरान सिभिल ग्रुप | Khabarhub Khabarhub

आफवाहले हैरान सिभिल ग्रुप


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चालक समितिले लगानी धरापमा पारेको भन्दै गुनासो बढेपछि सिभिल ग्रुपका अध्यक्ष इच्छा तामाङले सिभिलप्रति विश्वस्त हुन सवै लगानीकर्ता तथा बचतकर्तालाई आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित जिल्ला सहकारी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तामाङले सिभिल ग्रुपको सबैे लागानी सुरक्षित भएको बताए । ‘सिभिल बचत तथा सहकारी तरलताको अवस्थामा छ, लगानी सुरक्षित छैन भन्ने कुरा आईरहेको छ, ती सवै अफवाह हुन’ तामाङले भने ‘हामीसँग लिक्वीडिटिका लागी प्रशस्तै ब्याकअप छ, हामीसँग २० प्रतिशतभन्दा बढी रकम अझै निक्षेपित छ, हामी अफठ्यारोमा कँहा छौ र ?’

सिभिलका सबै वित्तीय संस्थाहरु आर्थिक दृष्टिकोणबाट सबल रहेकाले ढुक्कसँग निक्षप गर्न उपस्थित सबै सहकारीका अध्यक्षहरुलाई तामाङले आग्रह समेत गरे । आफ्नो सहकारीका सदस्यलाई सिभिलको वास्तविकता बुझाउँदै आएता पनि बारम्बार आइरहने अफवाहरुले लगानीकर्तालाई आस्वस्त हुन नदिएको उनले दुखेसो समेत पोखे ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख नवराज अधिकारीले सबै सहकारीहरुलाई पारदर्शीता कायम राख्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ८ : ३९ बजे

समीक्षाको स्वरमा तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक

काठमाडौं – गायिका समीक्षा अधिकारीको स्वरमा तीज गीत ‘कस्की छोरी

सहज छैन बागमतीमा बानियाँको मुख्यमन्त्री यात्रा

काठमाडौं– नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ पार्टीको बागमती प्रदेश संसदीय

युवा संघले बडीमालिका यात्रामा स्वयम् सेवक खटाउने

धनगढी– यतिबेला धर्तीको भू स्वर्ग बडीमालिका धार्मिक यात्राको मौसम चलिरहेको छ

विश्व टेबलटेनिस च्याम्पियनसिपको छनोट प्रतियोगिता सुरू

काठमाडौं– विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ का लागि दक्षिण एसियाली

इन्द्रबहादुर बानियाँ दलको नेतामा विजयी

काठमाडौं– नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ पार्टीको बागमती प्रदेश संसदीय