विश्वकै सबैभन्दा शक्तिशाली महिलाका १३ रोचक किस्सा | Khabarhub Khabarhub

विश्वकै सबैभन्दा शक्तिशाली महिलाका १३ रोचक किस्सा


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारकै सबैभन्दा शक्तिशाली महिला जर्मन चान्सलर एंगेला मर्केलले यही कार्यकालपछि राजनीतिबाट सन्न्यास लिने घोषणा गरिसकेकी छिन् ।

यद्यपी यो साता जर्मनीको सत्तारुढ गठबन्धनमा आबद्ध समाजवादी प्रजातान्त्रिक पार्टीका नेता अण्डेरा नाहल्सले युरोपेली संसद्को निर्वाचनमा आफ्नो पार्टीको खराब प्रदर्शनसँगै राजीनामा दिए ।  उनको उत्तराधिकारीका रुपमा हेरिएकी अनेग्रेट क्राम्प करेनबरप्रति जर्मन जनताको विश्वास नरहेको सर्वेक्षण सार्वजनिक भइरहँदा हाल भने उनको राजनीतिक अवस्था कमजोर देखिएको छ ।

तैपनि सन् २००५ यता जर्मनीको चान्सलरको जिम्मेवारीमा रहेकी मर्केल जर्मनी एकीकरणपछि सबैभन्दा लामो समय सरकारमा छिन् ।  उनी युरोपेली तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रभावशाली मानिन्छिन् ।

उनका यी १३ किस्सा सबैलाई थाहा नहुन सक्छ–

१‍. थर

उनका परिवारिक पृष्ठभूमि पोलिस मूल हो । पोलिस मूलकी भएकीले उनको जन्मिँदाको नाम एंगेला डोरोथिया कास्नर थियो । सन् १९७७ मा पूर्वी जर्मनीको लाइपजिगमा रहेको कार्ल मार्क्स  विश्वविद्यालयमा भौतिकशास्त्र अध्ययनका क्रममा आफ्ना सहपाठी अलराइख मर्केलसँगको विवाहपछि उनले आफ्नो पतिको थर लेख्न थालेकी हुन् । अलराइख र एंगेलाले विवाहको ४ वर्षपछि सन् १९८१ मा सम्बन्धविच्छेद गरेपनि उनले मर्केल थरलाई नै निरन्तरता दिइरहिन् ।

२. उनको बाल्यकाल

सन् १९५४ मा उनी जन्मिनेबित्तिकै उनका बाबुआमा पश्चिम जर्मनीबाट साम्यवादी पूर्वी जर्मनी पुगेका थिए । उनका बाबु हस्र्ट कास्नर लुथेरियन इसाई चर्चका अधिकारी समेत थिए । पूर्वी जर्मनीमा हुर्किने क्रममा बाल्यकाल देखि नै राजनीतिप्रति उनको लगाव शुरु भएको बताइन्छ ।

३. उनको उपनाम

उनलाई जर्मनीमा एन्जी भनेर बोलाइन्छ । पछिल्लो पुस्ताका जर्मनहरु भने उनलाई ‘मुटी’ अर्थात् आमा भनेर बोलाउने गर्छन् । निकै लामो समयसम्म जर्मनीको चान्सलर रहेकी उनी जर्मनीमा अभिभावकको भूमिकामा समेत रहेकीले उनलाई आमा भनेर पुकारिने बताइन्छ ।

४. बारटेण्डर

विश्वविद्यालयमा अध्ययनका क्रममा मर्केलले डिस्को बारमा समेत बारटेण्डरको रुपमा काम गरेकी थिइन् । स्थानीय डिस्को बारमा काम गर्ने क्रममा उनलाई बियरको लत समेत लागेको बताइन्छ ।

५. पढाइ

उनी भौतिकशास्त्रमा डिग्री हासिल गरेकी छिन् भने क्वान्टम रसायनशास्त्रमा विद्यावारिधी गरेकी छिन् । उनी पूर्वी जर्मनीको विज्ञान प्रतिष्ठानको सैद्धान्तिक रसायनशास्त्र शाखाकी एकमात्र महिला सदस्य रहेकी थिइन् । उनको राजनीतिक सफलताका पछाडि वैज्ञानिक समालोचना गर्ने क्षमता रहेको बताइन्छ ।

६. मनपर्ने विषय

उनलाई विद्यालय उमेरमा गणित र रुसी विषय धेरै नै मनपर्ने गथ्र्यो । गणितमा राम्रो विद्यार्थी भएकाले उनले पछि विज्ञान विषयमा डिग्री र विद्यावारिधी समेत प्राप्त गर्न सफल भएकी थिइन् । त्यस्तै रुसी भाषामा पनि राम्रो रहेकाले उनी रुसी भाषामा निपुण छिन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगका भेटवार्तामा समेत उनले रुसी भाषामै कुराकानी गर्ने गर्छिन् ।

७. स्टासीमा जागिरको अफर

उनले सन् १९७० को दशकमा उनलाई पूर्वी जर्मनीको गुप्त सुरक्षा निकाय स्टासीमा भर्ना हुन समेत अफर आएको बताएकी थिइन् । तर, धेरै बोलक्कड रहेकाले आफू निकै नै नराम्रो जासुस हुनसक्ने रहेकाले उनले उक्त अफर अस्वीकार गरेको बताएकी छिन् ।

८. गैरकानूनी अपार्टमेन्टको बसाईं

सन् १९८१ मा आफ्ना पहिलो श्रीमान्सँग सम्बन्धविच्छेद भएपछि उनी राजधानी बर्लिनको फ्राइएडरिस्ट्राच रेलस्टेशननजिक त्यतिकै छाडिएको एक अपार्टमेन्टमा गैरकानूनीमा रुपमा बसेकी थिइन् । ३० औं जन्मदिनका बेला उनका बाबु उनलाई सोही अपार्टमेन्टमा भेट्न गएको बताइन्छ ।

९. उनको डर

उनलाई कुकुरसँग धेरै नै डर लाग्ने गरेको बताइन्छ । सन् १९९५ मा एउटा कुकुरले टोकेपछि उनी कुकुरसँग डराउन थालेकी हुन् । उनको यही डरको फाइदा उठाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनीसँगको भेटवार्ताका क्रममा कुकुरलाई पनि सँगै ल्याउने गरेका छन् ।

१०. उनका श्रीमान्

पहिलो विवाह सन् १९८१ मा टुङ्गिएपनि उनले सन् १९९८ मा योआकिम सोअरसँग विवाह गरेकी थिइन् । उनका श्रीमान् सार्वजनिक कार्यक्रमबाट टाढै रहन रुचाउँछन् । खासमा सन् २००५ मा मर्केलले चान्सलरको सपथ ग्रहण गर्दा पनि उनी उक्त कार्यक्रममा सहभागी भएका थिएनन् । उनी ‘लो प्रोफाइल’ मा रहन रुचाउने गरेका छन् भने उनी नियमित रुपमा बजेट एअरलाइन्समा उड्ने गरेका छन् ।

११. फुटबल फ्यान

चान्सलर मर्केल फुटबलकी फ्यान हुन् । उनी जर्मनीको बुण्डेसलिगामा बोरुसिया ड्रटमण्डको समर्थन गर्छिन् । सन् २०१४ मा भएको विश्वकप फुटबलको फाइनल खेल हेर्न उनी ब्राजिलसम्म पुगेकी थिइन् भने उनले एकपटक जर्मन मिडफिल्डर बास्टयन स्वाइन्स्टाइगरलाई नाङ्गै देखेको जर्मन सञ्चामाध्यमले जनाएका छन् । एकपटक जर्मन स्ट्राइकर लुकास पोडोल्स्कीले उनको समर्थनले जर्मनीलाई ‘मुटिभेसन’ (उनलाई बोलाउने नाम ‘मुटी’ बाट बनाइएको शब्द) दिने गरेको बताएका थिए ।

१२. सन्तानविहीन

उनका कोही सन्तान छैनन् । पहिलो विवाह छिटै टुङ्गिएको तथा दोश्रो विवाह निकै ढिलो गरेकाले उनले सन्तानको चाह नगरेको बताइन्छ । त्यसपछि उनले आफ्नो ध्यान राजनीतितर्फ दिएकाले उनले यसबारे धेरै चासो दिइनन् ।

१३. उनको रुची

उनी खाना बनाउन धेरै रुचाउँछिन् । उनले बनाएको मिन पम केक धेरै मिठो हुने गरेको जर्मन सञ्चारमाध्यमहरु बताउँछन् । उनी घरेलु सामान किन्न नियमित रुपमा सुपरमार्केटको भ्रमण गर्ने गरेकी छिन् । उनले आफ्ना श्रीमान्लाई समेत हरेक बिहान खाजा बनाएर खुवाउने गरेकी छिन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ९ : ३१ बजे

आज कुन तरकारी कति मूल्यमा पाइन्छ ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी

विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँले समुदाय,

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको