राष्ट्रपति विद्यादेवी भण्डारी रोजा इफ्तारमा सहभागी « Khabarhub

राष्ट्रपति विद्यादेवी भण्डारी रोजा इफ्तारमा सहभागी


२१ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्भाव कायम गर्न मुस्लिम समुदायको उत्तरदायी भावना रहेको बताएकी छिन् ।

मुस्लिम समाज बाँकेले मंगलबार साँझ नेपालगञ्जमा आयोजना गरेको ‘रोजा इफ्तार’ समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्भाव कायम गर्न यस्ता पर्वले प्रेरणा प्रदान गरेको बताइन् ।

मुस्लिम समुदायसँग भेटघाट र अन्तरक्रिया गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उहाँले रोजा इफ्तारका अवसरमा सुख, शान्ति र समृद्धिको कामना गरिन् । राष्ट्रपति भण्डारीले भनिन, “मुस्लिम समुदायभित्र रहेका समस्या र समुदायले उठाएका जायज सवालप्रति सरकार जानकार रहेकाले सम्बोधन हुनेमा आशावादी छु ।’

“भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज कुनै पनि मुलुकको सभ्यता, सांस्कृतिक सम्पन्नता र पहिचानका जीवन्त सूचक हुन्”, राष्ट्रपति भण्डारीले भनिन्, “हामी सम्पूर्ण नेपालीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट आपसी सद्भावलाई अक्षुण्ण राखी राष्ट्रिय एकता कायम गरौँ ।’

पहिलो पटक ‘रोजा इफ्तार’मा सहभागी भएकी राष्ट्रपति भण्डारीलाई मुस्लिम समुदाय बाँकेले विभिन्न चार बुँदे अनुरोधपत्र बुझाएको छ ।

राष्ट्रपति भण्डारी मंगलबार नेपालगञ्जमै बसेर बुधबार बिहान बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार  ९ : ४३ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य