‘ब्रेक्जिटपछि अमेरिका-बेलायतबीच असाधारण व्यापार सम्झौता’ « Khabarhub

‘ब्रेक्जिटपछि अमेरिका-बेलायतबीच असाधारण व्यापार सम्झौता’


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटसँगै अमेरिका र बेलायतबीच ‘असाधारण’ व्यापार सम्झौता गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् ।

हाल बेलायत भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले मंगलबार टेन डाउनिङ स्ट्रिटमा बेलायती प्रधानमन्त्री टेरिजा मेसँगको भेटवार्तापछिको पत्रकार सम्मेलनका क्रममा बेलायत युरोपेली युनियनबाट बाहिरिएसँगै दुई मुलुकबीच नयाँ किसिमको ‘असाधारण’ व्यापारिक सम्झौता हुने बताएका हुन् ।

ईयूसँग गरिएको सम्झौतालाई बेलायती संसद्ले पटक–पटक अस्वीकार गरेपछि हाल पदबाट राजीनामा दिने घोषणा गरेकी प्रधानमन्त्री मेसँगको भेटवार्ताका क्रममा ट्रम्पले चिनियाँ प्राविधिक कम्पनी हुवावेको विषयमा पनि दुई मुलुक चाँडै निष्कर्षमा पुग्ने विश्वास गरेका छन् ।

यसअघि बेलायतले पाचांै पुस्ताको मोबाइल इन्टरनेट सञ्जाल फइभजीमा हुवावेको प्रविधिको प्रयोग गरेमा अमेरिकाले बेलायतसँग गर्दै आएको गोप्य जानकारी आदान प्रदान गर्ने प्रक्रिया बन्द गर्ने आशंका रहेको भन्ने समाचार आइरहेका बेला राष्ट्रपति ट्रम्पले भने बेलायत र अमेरिका चाँडै हुवावेबारे निष्कर्षमा पुग्ने भएकाले यस्तो अवस्था नआउने समेत जनाए ।

यता उनको बेलायत भ्रमणलाई लिएर भने बेलायतभर प्रदर्शन आयोजना गरिएको छ । बेलायतका विभिन्न शहरमा आयोजना गरिएको प्रदर्शनमा दशौं लाख मानिसहरुको उपस्थिती रहेको थियो । राजधानी लण्डनमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बेनले अमेरिकी राष्ट्रपतिका आप्रवासन, जलवायु, मानवअधिकार, व्यापारिक नीतिहरु समाजलाई विभाजित गर्ने किसिमको रहेको भन्दै ट्रम्पको आलोचना गरेका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ९ : ४३ बजे

मेसीले रचे इतिहास: १८ गोलसहित बने विश्वकपकै उच्च गोलकर्ता

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६