काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही घण्टापछि रिहा भएका छन् ।
जग्गा हडपेको सम्बन्धी समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीका आधारमा उनलाई शनिबार बिहान ललितपुरस्थित निवासबाट साइबर ब्युरोले पक्राउ गरेको थियो ।
कलाकार समेत रहेका नेता पन्तसँग केही घन्टा छलफल गरेपछि उनलाई शनिबार साँझ रिहा गरिएको हो । दुबै पक्षबीच मिलापत्र भएपछि श्रेष्ठ रिहा भएका हुन् ।














प्रतिक्रिया