विज्ञापन रोक्न निर्देशन दिएको विषयमा सर्वोच्चलाई पत्र लेख्दै संसदीय समिति « Khabarhub

विज्ञापन रोक्न निर्देशन दिएको विषयमा सर्वोच्चलाई पत्र लेख्दै संसदीय समिति


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजामती कर्मचारी अस्पतालमा बेथिति, ९ करोड घाटामा तर बाँडियो ४० लाख शीर्षकमा आजको राजधानी दैनिकले अस्पतालको बेथितिको समाचारकालाई मुख्य समाचारका रुपमा छापेको छ ।

सहुलियत दरमा सरकारी कर्मचारीको उपचार गर्ने देशकै एक मात्र सरकारी अस्पताल सिभिल सर्भिस अस्पताल झण्डै ९ करोड घाटामा गएको छ । अस्पताल प्रशासनका अनुसार आम्दानीभन्दा खर्च बढी हुँदा अस्पताल घाटामा गएको हो । घाटामा जानुको मुख्य कारण निजामती कर्मचारीलाई दिइएको छुटको सोध भर्ना नपाउनु हो । अस्पताल प्रशासनका अनुसार अहिले झण्डै ९ करोड रुपयाँ घाटामा छ ।

त्यसैगरी पत्रिकाले त्रिवि सेवा आयोग परीक्षामा भएको अनियमितताको समाचार पनि पहिलो पृष्ठमा छापेको छ । अख्तियारले अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्रिवि सेवा आयोले प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि लिएको लिखित परीक्षमा प्राप्तांक नम्बर फेरबदल गरी कर्मचारीका आफन्तलाई उत्तीर्ण गरेको अनुसन्धानमा खुल्न आएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी पत्रिकाले अमेरिबाट शुरु हुने भो ‘सगरमाथा डायलग’ शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । पत्रिकाले सरकारले आगामी आर्थिक वर्षदेखि शुरु गर्ने निर्णय गरेको ‘सगरमाथा डायलग’ पहिलोपटक आगामी सेप्टेम्बरमा अमेरिकामा आयोजना गर्ने भएको छ । नेपाललले जलवायु परिवर्तन, त्यसको असर न्यूनीकरण र प्रभावबारे अन्तर्राष्ट्रिय फोरममका रुपमा यो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

त्यस्तै पत्रिकाले दोस्रो पृष्ठमा ‘लोकसेवा विज्ञापन विषयमा पत्र लेख्दै संसदीय समिति’ शीर्षकमा अर्को समाचार छापेको छ । प्रतिनिसिभाअन्तर्गत राज्य तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रोक्न निर्देशन दिनुको कानूनी आधार खुलाएर सर्वोच्च अदालतलाई पत्र लेख्ने तयारी गरेको छ ।  संवैधानिक अधिकारसहित खुलाएर समितिले सर्वोच्चलाई पत्र लेख्ने भएको हो । विज्ञापन रोक्न नमिल्ने सर्वोच्चको आदेशपछि समितिले अन्तिम फैसला अघि रोक्नुपर्ने संवैधानिक र अरु कानूनी आधारहरु उल्लेख गरेर स्पष्ट पार्ने तयारी गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ६ : ४५ बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा