विज्ञापन रोक्न निर्देशन दिएको विषयमा सर्वोच्चलाई पत्र लेख्दै संसदीय समिति | Khabarhub Khabarhub

विज्ञापन रोक्न निर्देशन दिएको विषयमा सर्वोच्चलाई पत्र लेख्दै संसदीय समिति


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजामती कर्मचारी अस्पतालमा बेथिति, ९ करोड घाटामा तर बाँडियो ४० लाख शीर्षकमा आजको राजधानी दैनिकले अस्पतालको बेथितिको समाचारकालाई मुख्य समाचारका रुपमा छापेको छ ।

सहुलियत दरमा सरकारी कर्मचारीको उपचार गर्ने देशकै एक मात्र सरकारी अस्पताल सिभिल सर्भिस अस्पताल झण्डै ९ करोड घाटामा गएको छ । अस्पताल प्रशासनका अनुसार आम्दानीभन्दा खर्च बढी हुँदा अस्पताल घाटामा गएको हो । घाटामा जानुको मुख्य कारण निजामती कर्मचारीलाई दिइएको छुटको सोध भर्ना नपाउनु हो । अस्पताल प्रशासनका अनुसार अहिले झण्डै ९ करोड रुपयाँ घाटामा छ ।

त्यसैगरी पत्रिकाले त्रिवि सेवा आयोग परीक्षामा भएको अनियमितताको समाचार पनि पहिलो पृष्ठमा छापेको छ । अख्तियारले अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्रिवि सेवा आयोले प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि लिएको लिखित परीक्षमा प्राप्तांक नम्बर फेरबदल गरी कर्मचारीका आफन्तलाई उत्तीर्ण गरेको अनुसन्धानमा खुल्न आएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी पत्रिकाले अमेरिबाट शुरु हुने भो ‘सगरमाथा डायलग’ शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । पत्रिकाले सरकारले आगामी आर्थिक वर्षदेखि शुरु गर्ने निर्णय गरेको ‘सगरमाथा डायलग’ पहिलोपटक आगामी सेप्टेम्बरमा अमेरिकामा आयोजना गर्ने भएको छ । नेपाललले जलवायु परिवर्तन, त्यसको असर न्यूनीकरण र प्रभावबारे अन्तर्राष्ट्रिय फोरममका रुपमा यो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

त्यस्तै पत्रिकाले दोस्रो पृष्ठमा ‘लोकसेवा विज्ञापन विषयमा पत्र लेख्दै संसदीय समिति’ शीर्षकमा अर्को समाचार छापेको छ । प्रतिनिसिभाअन्तर्गत राज्य तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रोक्न निर्देशन दिनुको कानूनी आधार खुलाएर सर्वोच्च अदालतलाई पत्र लेख्ने तयारी गरेको छ ।  संवैधानिक अधिकारसहित खुलाएर समितिले सर्वोच्चलाई पत्र लेख्ने भएको हो । विज्ञापन रोक्न नमिल्ने सर्वोच्चको आदेशपछि समितिले अन्तिम फैसला अघि रोक्नुपर्ने संवैधानिक र अरु कानूनी आधारहरु उल्लेख गरेर स्पष्ट पार्ने तयारी गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ६ : ४५ बजे

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं – ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

११ कर्मचारीलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी

पर्सा । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु

गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु

गाजा सिटी – गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली

प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी

किएभ – रुस र युक्रेनले शनिबार रातभर भारी हवाई प्रहारहरू

चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’

काठमाडौं – भीमदर्शन रोका स्मृति कोषले आज काठमाडौँमा एक समारोहकाबीच