लिबिया आक्रमणमा नेपालका सन्तोष श्रेष्ठको ज्यान गयो | Khabarhub Khabarhub

लिबिया आक्रमणमा नेपालका सन्तोष श्रेष्ठको ज्यान गयो


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लिबियाको राजधानी त्रिपोलीमा आप्रवासी थुनुवा केन्द्रमा लक्षित गरी गराइएको बम विस्फोटमा एक जना नेपालीको ज्यान गएको छ ।

मंगलबार राति भएको बम विस्फोटमा परी ज्यान गुमाउने २७ वर्षका नेपाली युवा सन्तोष श्रेष्ठ रहेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएम लिबियाले जनाएको छ।

४४ जनाभन्दा बढीको ज्यान जाने गरी भएको आक्रमणमा घाइते भएका श्रेष्ठको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो ।

श्रेष्ठका बारेमा विस्तृत जानकारी लिने प्रक्रिया चलिरहेको नेपाली दूतावासले जनाएको छ । सन्तोष श्रेष्ठ सन् २०१८ को जनवरी १६ मा लिबिया प्रवेश गरेको जानकारी आएपनि पूर्ण विवरण आउन बाँकी रहेको दूतावासले जनाएको छ ।

गएको दुई महिनामा मात्रै लिबियाबाट २६ जना नेपालीको उद्दार भएको दूतावासले जनाएको छ । साथै आठ जनालाई बुधबार मात्रै उद्दार गरी टर्की हुँदै नेपाल पठाइएको छ । नेपाललगायतका देशबाट मानव तस्करी गरेर इटाली लैजान लिबियाको बाटो प्रयोग गरिँदै आइएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ८ : १६ बजे

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै