‘सरौतो’को ‘कुले दाइ’ मा सुमी र सन्नी « Khabarhub

‘सरौतो’को ‘कुले दाइ’ मा सुमी र सन्नी


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चलचित्र ‘सरौतो’ मा समावेश गरिएको गीत ‘कुले दाई’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरियो ।

कार्तिक २२ गतेलाई रिलिज मिति तोकेको यो गीत लोकशैलीको छ । गीतलाई सर्जक राजनराज शिवाकोटीले तयार पारेका हुन् । गीतमा शिवाकोटीको शब्द, संगीत र स्वर छ । यस्तै गीतमा मिलन नेवारको समेत स्वर सुन्न सकिन्छ ।

गीतको भिडियोमा सुमी मोक्तान र सन्नी सिंहलाई देख्न सकिन्छ । यी दुईले भिडियोमा बेहुला र बेहुलीको भूमिकामा देख्न सकिन्छ । फिल्मको कुरा गर्नुपर्दा विराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ ।

फिल्ममा सुमी र सन्नीसँगै विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह, लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहनेछ ।

यसै गरी फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन तथा शंकर महर्जनको एक्सन देख्न सकिनेछ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १२ : ०० बजे

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु