जवाफदेही बनाउन एनजीओलाई अनुमति मागिएको हो–अर्थमन्त्री « Khabarhub

जवाफदेही बनाउन एनजीओलाई अनुमति मागिएको हो–अर्थमन्त्री


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले गैरसरकारी संस्था (एनजीओ)हरुलाई जवाफदेही बनाउन चाहेको बताएका छन् ।

अर्थमन्त्री खतिवडाले गैर सरकारी संस्थाहरुलाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरेको पनि स्पष्ट पारे ।

बिहीबारबाट ललितपुरमा शुरु भएको ‘सार्वजनिक नीति र प्रशासनमा दक्षिण एसिया’ विषयक तेस्रो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री खतिवडाले संघीयतालाई सफल बनाउन तीन वटै तहका सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको बताए ।

अर्थमन्त्री खतिवडाले संघीयता मुलुकका लागि नयाँ अभ्यास भएपनि त्यसलाई सफल बनाउन सरकारले प्रदेश र स्थानीय तहमा पनि अनुमति लिएर गैर सरकारी संस्थाहरुले पनि काम गर्न पाउने नीतिगत व्यवस्था गरेको पनि स्मरण गराए ।

अर्थमन्त्री खतिवडाले संविधानले शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानीलगायतलाई मौलिक हकमा राखेकाले त्यसलाई कार्वान्वयनमा लैजान नीति क्षेत्र र गैर सरकारी संस्थाहरुले पनि महत्वपूर्ण योगदान दिन सक्ने बताए । दुई दिनसम्म चल्ने सम्मेलनले दक्षिण एशीयाली राष्ट्रहरुबीच सार्वजनिक नीति र प्रशासनमा साझा धारणा तय गर्न सघाउन पुर्‍याउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १ : ०७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन