प्रहरीका १८ जना प्रहरी निरीक्षकको काज सरुवा « Khabarhub

प्रहरीका १८ जना प्रहरी निरीक्षकको काज सरुवा


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

नेपाल प्रहरीका १८ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) को काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले पारा गण सामुखुशीमा कार्यरत प्रहरी निरीक्षक रणबहादुर विष्टलाई जिल्ला प्रहरी कार्यलय बाँकेमा काज सरुवा गरेको छ भने महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत रेशम प्रसाद आचार्यलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रहरी शाखामा काज सरुवा गरेको छ ।

त्यस्तै वडा प्रहरी कार्यालय नेपालगञ्जमा हरिबहादुर बस्नेतको सरुवा भएको छ ।

पर्साको वडा प्रहरी कार्यालय बिर्तामा निर्मल पनेरु, सर्लाहीको इलाका प्रहरी कार्यालय लालबन्दीमा नारायण थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा पविन्द्रबहादुर बमको सरुवा भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तुमा टक्कर स्वाँरलाई सरुवा गरिएको छ ।

कल्याण महाशाखामा इन्स्पेक्टर बासुदेव नेपाललाई लगिएको छ भने ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत हिरेन्द्रबहादुर रोकायालाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ३ : २६ बजे

आदिवासी जनजाति महोत्सवः नमुना घर निर्माण

तनहुँ – नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४

खोटाङमा एक लाख ४७ हजार मतदाता कायम

खोटाङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

एमालेको सचिवालय बैठक ९ बजे बस्दै

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि

मुहार फेर्दै डिभिजन वन बाँके : ३६ कोठाको भवन बन्दै

बाँके – डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल