सांसदको स्कुटीमा बसेर धुलो हेर्न बनस्थली जालान् प्रधानमन्त्री ओली ? | Khabarhub Khabarhub

सांसदको स्कुटीमा बसेर धुलो हेर्न बनस्थली जालान् प्रधानमन्त्री ओली ?


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिन पहिला एक कार्यक्रममा काठमाडौंमा धूलो धुँवाको अन्त्य भएको र अहिले मास्क लगाएर हिँड्ने मान्छे नै नहुने भन्दै भाषण गरे । प्रधानमन्त्रीको भाषणले सामाजिक सञ्जालमा ठूलै बहस निम्त्यायो ।

मनसुन बेलैमा शुरु भएको भए प्रधानमन्त्री ओलीले भनेको कुरा केही मात्रामा भएपनि सही हुनसक्थ्यो किनकी पानीका कारण धुलो कम र हिलो हुने थियो । तर प्रधानमन्त्रीको भाषणलाई मौसमले पनि साथ दिएन । काठमाडौं वर्षा याममा पनि धुलोको कुइरीमण्डलमा छटपटाइरहेको छ ।

प्रधानमन्त्रीको उक्त भाषणको कटाक्ष गर्दै मास्क लगाए हिँडेको र धुलाम्मे सडकहरुको फोटो सामाजिक सञ्जालमा पोस्ट गरे भने कतिले प्रधानमन्त्री कालो सिसा भएको गाडीमा कुद्ने र गाडी भित्र धुलो नछिर्ने भन्दै जनताको वास्तविक समस्या पहिचान गर्न सडकमै ओर्लन आग्रह गरे ।

सत्तापक्षका कतिपय कार्यकर्ताले भने पहिलाको तुलनामा धुलो कम भएको भन्दै आफ्ना पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको बचाउँ गर्न खोजे तर उनीहरुमाथि अरु मानिस खनिए ।

हुन त प्रधानमन्त्री ओली हल्का टिप्पणी र चुट्किला बेलाबेलामा भाषणहरुमा सुनाउन भएका कारण मानिसहरुले यसलाई एउटा चुट्किलाको रुपमा पनि बुझे र कतिपयले ओलीको यो भनाइको वेवास्ता पनि गरे ।

प्रधानमन्त्रीलाई स्कुटरमा घुमाउन मन छ !

यसबीचमा नेपाली कांग्रेसकी एकजना सांसदले भने प्रधानमन्त्री ओलीलाई धुलो देखाउ योजना सार्वजनिक गरेकी छिन् । त्यसका लागि उनले प्रधानमन्त्री ओलीलाई आफ्नो स्कुटरको पछाडि बस्ने अफर पनि राखेकी छिन् ।

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री ओलीलाई आफ्नो स्कुटीको पछाडि बसेर वनस्थलीसम्म यात्रामा लैजान मन भएको बताएकी छिन् ।

सांसद शाहीले बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा यस्तो भनिन्, ‘प्रधानमन्त्रीज्यू, आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस्, वनस्थलीसम्म जाऊँ । मास्क लगाउनुपर्छ कि पर्दैन अनि हेरौँ ।’

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ३ : ४२ बजे

सरकारले दुईतिहाइको दम्भ राख्नु हुँदैन : एनपीए साउद

बैतडी – नेपाली कांग्रेसका नेता एनपी साउदले दुई ठूला दल

निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

उखु अभावले उद्योग बन्द, ‘क्रसिङ’ लक्ष्य हासिल भएन

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि

आजका समाचार : बृहत् विरोध सभाको तयारीमा मोर्चा, नारायणहिटी अगाडि राजावादीको प्रदर्शन र युक्रेन युद्ध अन्त्यको सम्भावना

 सरकारका कारण बढेको असन्तुष्टिले गणतन्त्र रक्षामा चुनौती : समाजवादी मोर्चासमाजवादी

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

 काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार