नेपाली युवा क्रिकेट टोलीले शुक्रबार सिङ्गापुरसँग खेल्ने « Khabarhub

नेपाली युवा क्रिकेट टोलीले शुक्रबार सिङ्गापुरसँग खेल्ने


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेल नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ ।

क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा भोलि हुने उक्त खेल नेपाली समयानुसार बिहान ७ : ४५ बजे प्रारम्भ हुनेछ ।

नेपाल सिङ्गापुर विरुद्वको खेलमा विजयी हासिल गर्न समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्ने तयारीमा भने पराजित भए समूहको उपविजेताका रुपमा सेमिफाइनमा रहनेछ । दुवै टोली सेमिफाइनलमा पुगेकाले यस खेलले सो समूहको विजेता र उपविजेताको टुङ्गो लगाउनेछ ।

विभिन्न सात राष्ट्र सहभागी उक्त प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित सिङ्गापुर र चीन छन् ।

प्रतियोगितामा दुई खेल खेलेको चीन दुवै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ । नवप्रवेशी टोली चीन नेपाल र सिङ्गापुरसँग पराजित भएको थियो ।

त्यसैगरी समूह ‘बी’ मा भने चार राष्ट्रमा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन् ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउनेछन् । यस प्रतियोगिताबाट विजेता टोली श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कपमा छनोट हुनेछ ।

नेपालले यू–१९ उमेर समूहको खेलमा लामो समयदेखि सिङ्गापुरसँग खेलेकामा नतिजा पनि नेपालकै पक्षमा आएको थियो ।

पछिल्लो पटक गत अप्रिलमा मलेशियामा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो ।

त्यस्तै सन् २०१७ मा सिङ्गापुरमा भएको यू–१९ विश्वकप छनोट एशियाअन्तर्गतको खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ३ : ५३ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई