बक्स अफिसमा ‘कबीर सिंह’ ले बनायो अनौठो रेकर्ड ! | Khabarhub Khabarhub

बक्स अफिसमा ‘कबीर सिंह’ ले बनायो अनौठो रेकर्ड !


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – शाहिद कपूरको फिल्म ‘कबीर सिंह’ ले बक्स अफिसमा शानदार व्यापार गरिरहेको छ । यो फिल्मले दोस्रो हप्तामा पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मले अब २ सय करोड कमाउने पक्का भएको छ ।

यो फिल्मले एउटा अनौठो रेकर्ड बनाएको छ । यो फिल्मलाई सेन्सरले एडल्ट सर्टिफिकेट दिएको थियो । कुनै पनि ‘ए’ सर्टिफिकेट पाएको फिल्ममध्ये यो सर्वाधिक कलेक्सन गरेर २ सय करोड कमाइ गर्ने फिल्म बन्ने भएको छ ।

फिल्मले हालसम्म १ सय ९८ करोड ९५ लाख कमाइ गरिसकेको छ ।

फिल्मले भारतमा शानदार सफलता हात पारेको छ । यो फिल्म शाहिद कपूरको पनि सबैभन्दा बढी कमाउने हिट फिल्म बनेको छ । यद्यपि केही दृश्यलाई लिएर फिल्मको आलोचना पनि भएको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ५ : १० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका